+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फागून ६ गतेदेखि राजधानीमा राष्ट्रिय औद्योगिक मेला

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ९ गते ११:१४

Hastakala Mela (6)९ मााघ काठमाडौं । फागुन ६ गतेदेखि राजधानीको भृकुटीमण्डपमा राष्ट्रिय औद्योगिक प्रर्दशनी हुने भएको छ । मेडइन नेपालमा गौरब गरौं, स्वदेशी वस्तु प्रयोग गरौं’ भन्ने नाराकार साथ मेलाको आयोजना गर्न लागिएको हो ।

प्रर्दशनीमा ७५ जिल्लाबाट दुई उद्यमीका दरले सहभागिता रहने सो प्रर्दशनीमा २ सयभन्दा बढी स्टल रहने आयोजक संस्था घरेलु विकास समितिले जनाएको छ ।

घरेलु विकास समितिका उपकार्यकारी निर्देशक नारायण लामिछानेले प्रर्दशनी तयारी र व्यवस्थापन लगायतका विषयमा उद्योगमन्त्री महेश बस्नेतलाई बिहीबार जानकारी गराए ।

समितिका उपकार्यकारी निर्देशक नारायण लामिछानेले प्रर्दशनीमा लघु, घरेलु तथा साना उद्योगका साथै नविकरणीय उर्जाको स्टलसमेत रहने जानकारी दिए । फागुन १० गतेसम्म संचालन हुने प्रर्दशनीमा पुष्प व्यवसाय र वनस्पती व्यवसायका स्टल समेत समावेश गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?