राजधानीबाट आइतबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले लुम्बिनी समृद्ध बनाउने गुरुयोजना, धमाधम क्यासिनो सञ्चालनको तयारी, क्यान इन्फोटेक तयारी पुरा लगायतका खबर प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकमा यसरी बन्दैछ समृद्ध लुम्बिनी, नेपालमा मलेसियाली एयरलाइन्सको प्रतिष्पर्धा, ग्यास नपाए नेसनल ट्रेडिङ जानू, महाप्रबन्धक नियुक्ति विवादले केयूकेएल ठप्प, टाट पल्टिदे साझा प्रकाशन, बजेट फछ्र्यौटमा ध्यान दिन मलेनिकाको निर्देशन लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा धमाधम क्यासिनो सञ्चालनको तयारी, विद्युतीय रेलमार्ग निर्माणमा अवरोध, क्यान इन्फोटेक माघ १४ देखि, उडान क्षमता तेब्बर बनाउँदै वायुसेवा निगम, राष्ट्रिय वाणिज्य बैंकको नाफा बढ्यो लगायतका खबर छन् ।
नागरिक दैनिकमा क्यान इन्फोेक तयारी पूरा, दर्जन पाइलट माग, पोसाक उद्योगीले सुझाए निकासी सूत्र, वाणिज्य बैंकलाई लगानी बढाउन निर्देशन लगायतका खबर छन् ।
अभियान दैनिकमा राष्ट्रिय आय गणनाको आधार वर्ष परिवर्तन हुँदै, घट्यो अपार्टमेन्ट दर्ताको लहर, ‘होम स्टे नेपाल’लाई तेस्रोपटक ‘उत्कृष्ट बी एण्ड बी अवार्ड’, भैरहवामा बाल उद्यानसहितको नमुना रिसोर्ट बन्दै, क्यान इन्फोटेकमा विशेष छुटको घोषणा, चालु आवमै सुर्खेत विमानस्ल रात्रिकालीन उडानयोग्य, लगायतका खबर छन् ।
आर्थिक दैनिकमा एमाले जिल्ला अध्यक्षविरुद्ध अख्तियारमा मुद्दा, मेगा बैंकमा यसरी ठगियो दुई करोड नौ लाख, सिंक्रो मिडिया आर्थिक संकटमा, राष्ट्रपतिद्वारा बैंकहलाई लगानी बढाउन आग्रह, क्यान इन्फोटेकको तयारी अन्तिम चरणमा लगायतका खबर छन् ।