Comments Add Comment

होण्डा सिटीले जित्यो उत्कृष्ट सेडान कारको उपाधि

Honda-city
होण्डा मोटरको सेडान कार ‘सिटी’ले सन् २०१५ को उत्कृष्ट सेडान कारको उपाधि जितेको छ ।

नेपाली बजारमा समेत लोकपि्रय बनेको होण्डा सिटीले ‘ब्लुमबर्ग टीभी अटोकार इण्डिया अवार्ड २०१५’ मा ‘सेडान कार अफ दि इयर’ उपाधि जित्न सफल भएको हो ।

भारतमा अघिल्लो साता सम्पन्न अवार्डमा अन्य मिडरेन्ज सेडान कारलाई पछि पार्दै होण्डा सिटीले उपाधि हात पारेको हो । उत्कृष्ट डिजाइन, उत्कृष्ट इन्जिन र बजार सुहाउँदो मूल्यले गर्दा होण्डा सिटीलाई उत्कृष्ट सेडान कारको उपाधि दिइएको अवार्ड आयोजकको भनाई छ ।

बिभिन्न २० बिधामा दिइएको अवार्डमा होण्डा कार इण्डियाले ‘म्यानुफ्याक्चरर अफ द इयर’ अर्थात बर्षकै उत्कृष्ट कार उत्पादकको उपाधिसमेत प्राप्त गरेको छ ।

भारतको अग्रणी अंग्रेजी बिजनेस न्यूज च्यानल ब्लुमबर्ग टीभी र अटो म्यागेजिन अटोकारको संयुक्त आयोजनामा यो अवार्ड प्रदान गरिएको हो । सन् २००२ मा सुरु भएको अटोकार अवार्ड बिज्ञ समूह र ग्राहकको मतका आधारमा हरेक बर्ष प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment