१४ माघ, काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरी २ झागरझिटीका सुरज तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर जिल्ला अदालतले गत बर्ष माघ २३ गते उनलाई २ बर्ष कैद र २० हजार जरिवाना गर्ने फैसला गरेको थियो । तर, उनी फरार थिए ।
तामाङलाई दहचोकबाट बुधबार नियन्त्रणमा लिएर लपिलतपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
उनले २०६९ असार १ गते देबीबहादुर भुजेललाई फोन गरी २० लाख रुपैयाँ मागेका थिए । रकम नदिए छोरी अपहरण गर्ने धम्की दिएका थिए ।
यसैबीच काठमाडौं उपत्यकामा श्रृङ्खलाबद्ध चोरीमा संलग्न चारजनालाई प्रहरीले बिभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट थानपाती गाविस ९ का भुवन परियार र जिवन परियार, नुवाकोट खड्ग भञ्ज्याङ गाविस ६ का नवराज सुनार र सिन्धुपाल्चोक कर्थली गाविस ४ का सुभाष खड्का रहेका छन् ।
भुवन चोरीको मुख्य अभियुक्त हुन् । सुवास नगद तथा गरगहना चोर्न जाने, जीवन चोरिएका सुुन बेच्न सहयोग गर्ने र नवराज चोरिएको सुन किन्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4