+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सिड्नीमा एनआरएनए यूथ फोरमको समर क्याम्प

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १८ गते १०:४६

sidny-1सिड्नी । बालबालिका तथा यूवाहरुका लागि एनआरएनए युथ फोरमले अष्ट्रेलियाको सिड्नीमा एक दिने समर क्याम्पको आयोजना गरेको छ ।

एनएसडब्लुका लागि नेपाली महावाणिज्यदूत दीपक खड्का प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए आईसीसी प्रवक्ता तथा एनआरएनए अष्ट्रेलियाका संस्थापक अध्यक्ष मन केसी, आईसीसी संरक्षक इन्द्रा वन, आईसीसी सचिव रन्जु वाग्ले, ओसियाना संयोजक बिष्णु हमाल, आईसीसी सदस्य गणेश केसी, समाजसेवी डा. नारायण प्रधान, एनआरएनए अष्ट्रेलिया अध्यक्ष महेन्द्र ओली लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा अबिभावकहरुको उपस्थिति थियो ।

एनआरएनए यूथ फोरमको आयोजनामा प्रवासका बालबालिकाहरुलाई नेपाली कला, संस्कृति, सम्पदा, संस्कार लगायत नेतृत्व विकास जस्ता विषयको ज्ञान दिने र मासिक एक डलर बचत गराई सो रकमबाट नेपालका बालबालिकाहरुका लागि कापी, कलम परियोजना संचालन गर्ने उद्देेश्यले समर क्याम्प गरिएको एनआरएनए आईसीसी युवा उपसंयोजक कृष्ण गिरीले बताए ।

sidny-2सिड्नीस्थित ओवन कम्यूनिटी सेन्टर, ओवनमा शनिवार आयोजित सो क्याम्पमा ५० भन्दा बढी बालबालिका तथा यूवा र एक सय भन्दा बढि अभिभावकहरुको उपस्थिति थियो । बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म संचालित सो क्याम्पलाई तीन चरणमा विभाजन गरी सम्पन्न गरिएको थियो ।

लामो समयदेखि बालबालिका तथा शिक्षा क्षेत्रमा कार्य गर्दै आएका शान्ति विद्यापीठका संस्थापक प्रधानाध्यापक डा. चिन्तामणि योगीले उक्त एकदिने समर क्याम्प संचालन गरेका थिए ।

sidny-3डा. योगीले क्याम्पमा आधुनिक शैलीमा गीत, नृत्य, प्रवचन, छलफल, पावर प्वाईन्ट लगायत मनोरञ्जनात्मक खेलकुदद्वारा बालबालिका तथा यूवाहरुलाई नेपाली मन, नेपालीपनको ज्ञानगुनका कुराहरु बाडेका थिए । पर्थ शहरबाट सुुरु गरिएको समर क्याम्प मेलवर्न हुँदै सिड्नीमा आयोजना गरिएको हो ।

यस्तै, बि्रसवेन र एडिलेडमा पनि यसैसाता गरिने तयारीमा छ । निक्कै उत्साहितरुपमा देखिएका बालबालिका तथा यूवाहरुलाई “लव, पिस, टुथ, सेल्फलेश सर्विस, ननभाईलेन्स” गरी पाँच समूहमा विभाजन गरी क्याम्प गरिएको थियो ।

sidny-4“प्रवासमा व्यस्त रहेका अबिभावकहरुले छोराछोरीलाई पर्याप्त समय दिन नसकिरहेको वर्तमान अवस्थामा एनआरएनएबाट संसारभर यस्ता कार्यक्रम गरिदिनाले छोराछोरीमा नेपाली संस्कार, भाषा, संस्कृति जस्ता विषयको जानकारी मिल्ने र सबैलाई फाईदाकर हुने कुरा” बालबालिका समर क्याम्प तथा डलर एक कापी र कलम परियोजना कार्यक्रमका मुख्य योजनाकार तथा एनआरएनए आईसीसी यूवा उपसंयोजक गिरीले बताए ।

सोही दिन ३ः३० बजेबाट औपचारिक कार्यक्रम गर्दै सहभागी बालबालिका तथा यूवाहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो । कार्यक्रम संयोजक सुदीप कार्कीको संयोजकत्वमा भएको कार्यक्रमको संचालन सन्तोष शर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?