+
+

सिटिजन्स बैंकले १५ लाखसम्म बिनाधितो ऋण दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १९ गते ११:०५

Citizen-Bank-International१९ माघ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरुको वित्तीय आवश्यकतालाई सहज र सरल तरिकाले पुरा गर्ने उद्दश्यले बिनाधितो कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

यो कर्जाको लागि नियमित मासिक आय भएको र सो आम्दानी जम्मा भएका बैंक खाता विवरण, पान नं तथा सो आम्दानीको कर चुक्ता प्रमाण भएको व्यक्तिहरुले आवेदन गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त कर्जा योजना अन्तर्गत न्यूनतम ३ लाख रुपैयाँदेखि अधिकतम १५ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सकिने छ । यो कर्जा समान मासिक किस्तामा ५ वर्षभित्र भुक्तानी हुनेगरी उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो कर्जा लिने ग्राहकहरुको ऋण रकम बरावरको बीमा बैंक स्वंयले गरिदिने छ । हालका लागि यो योजना बैंकको उपभोक्ता कर्जा विभाग, थापाथलीबाट मात्रै प्रदान गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?