Comments Add Comment

जसले सत्तामा हमला गर्दैन, ऊ माओवादी हैन : झक्कु

२१ माघ, कठमाडौं । एमाओवादी नेता एवं पूर्वसभासद झक्कुप्रसाद सुवेदीले आगामी फागुन १६ गते ‘सत्तामा हमला गर्ने’ गर्ने बताएका छन् । साथै उनले कार्यक्रममा जो आउँदैन, त्यो माओवादी नठहरिने बताए ।

jhakau-subadiकाठमाडौंको भृकुटीमण्डपमा बुधबार आयोजित एमाओवादीको ‘मध्यकमाण्ड विशेष प्रशिक्षण’ नामक आन्तरिक कार्यक्रममा नेवाः राज्य समितिमा इञ्चार्ज सुवेदीले भने-‘सत्तामा हमला गर्ने कार्यक्रममा जो आउँदैन, त्यो माओवादी हैन ।’

एमाओवादी नेतृत्वको मोर्चाले फागुन १६ गते देशभरका कार्यकर्ता राजधानीमा उतारेर प्रदर्शन गर्ने योजना बनाएको छ ।

सो दिन ‘सत्तामा हमला’ गर्ने भन्दै बुधबारको प्रशिक्षणमा एमाओवादी महासचिव कृष्णबहादुर महराले नेवा र ताम्सालिङका जनजातिलाई कार्यकर्तालाई विशेष भूमिका खेल्न निर्देशनसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment