Comments Add Comment

एकसाथ फिल्म खेल्दैछन् जीवन र आर्यन

aaryan-and-jiwan
चलचित्रको बक्स अफिसमा नायकद्वय जीवन  लुइटेल र आर्यन सिग्देलको दुश्मनीको चर्चा जहिले हुन्छ । आर्यन र जीवनमा को हो त नम्बर १ ? चलचत्रि बजारमा यो चर्चा चलेको लामै समय भैसकेको छ ।

चलचित्रको व्यापार र व्यस्तताका हिसाबले जीवन र आर्यन सर्वाधिक अगाडि छन् । सायद, यसैले पनि होला दुई नायकको बक्स अफिस टकरावले स्थान उच्च पाउने गरेको छ । तर, बक्स अफिस टकरावले दुई नायकको मित्रतामा भने कुनै फरक पारेको छैन । आर्यन र जीवन एक अर्काको राम्रो साथी हुन् ।

नेपाली चलचित्रका दुई चर्चित नायक एकसाथ चलचित्रमा देखिएका भने छैनन् । तर, अब यी दुई नायकलाई एकसाथ पर्दामा ल्याउने काम निर्माता भानु महर्जनले गर्न लागेका छन् ।

भानु महर्जनको प्रस्तुतीमा अनिल संग्रौलाले निर्देशन गर्न लागेको चलचित्र ‘कर्मा’मा दुई नायक एकसाथ देखिन लागेका हुन् । यो चलचित्रको छायांकनका लागि निर्देशक संग्रौला यूरोपका विभिन्न देशमा पुगेर लोकेशन हेरेर आइसकेका छन् । यो चलचित्रको छायांकन आधा प्रतिशत नेपाल र आधा प्रतिशत विदेशमा हुनेछ ।

चलचित्रमा दुई नायकको भूमिका समान रहेको वुझिएको छ । यस बिषयमा अहिले नै यसको निर्माणपक्षले मुख खोलेको छैन । तर, आर्यन र जीवनलाई एकसाथ पर्दामा देख्न पाउने दर्शकको चाहना भने पुरा हुने भएको छ । चलचित्रका लागि दुई नायकले संझौता समेत गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment