+
+
Shares

वैद्य माओवादीको केन्द्रमा नातागोताको जालो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २३ गते १५:०८

२३ माघ, काठमाडौ । अढाइ वर्षअघि एमाओवादीबाट अलग भई गठन भएको मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको केन्द्रीय समिति नातागोताले भरिएको छ ।

Mohan baidhya Kiran

को, कसको नातेदार ?

नेकपा-माओवादीको केन्द्रीय समिति बैठकले थप गरेका ३७ जना केन्द्रीय सदस्यहरुमा आधा दर्जन बढी नेतापत्नी र भाइभारदार छन् । केन्द्रीय सदस्य थप गरिएकी जयन्ती लुइँटेल, प्रतिभा श्रेष्ठ, सीता आचार्य पुराना केन्द्रीय नेताका पत्नीहरु हुन् ।

जयन्ती हालसालै पोलिटब्युरामा बढुवा भएका पवनमानकी श्रीमती हुन् भने प्रतिभा दीलिपकुमार प्रजापतिकी श्रीमती तथा सीता पूर्ण घर्तीकी पत्नी हुन् ।

त्यसैगरी स्थायी समितिमा बढुवा भएका नेता हितमान शाक्यकी श्रीमती अमृता थापा पोलिटब्युरो सदस्य भएकी छन् भने अमृताका बुबा लोकबहादुर थापा केन्द्रीय सदस्य भएका छन् ।

हालै पोलिट्ब्युरोमा बढुवा भएका मायाप्रसाद शर्माका भाइ रामदीप आचार्य यसअघि वैकल्पिक केन्द्रीय सदस्य थिए भने अर्का भाइ साकार यसपालि बढुवामा परे ।

यस्तै, सचिव देव गुरुङ्की पत्नी यसोदा सुवेदी पोलिटब्युरोमा बढुवा भएकी छन् । पोलिटब्युरो सदस्यमा बढुवा भएका दिनेश शर्माकी पत्नी लक्ष्मी मुडभरी यसअघि नै केन्द्रीय सदस्य थिइन् भने साली अम्बिका मुडभरीलाई पनि शर्माले केन्द्रीय सदस्य बनाउन सफल भएका छन् ।

जम्बो समिति बनाउने होड

एमाओवादीसँग विभाजित भई गठन भएको सातौं राष्ट्रिय सम्मेलनबाट ५१ सदस्यीय केन्द्रीय समिति गठनको म्यान्डेट दिए पनि १ सय ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । केन्द्रीय सदस्य बढाइएसँगै सुरु भएको विवादले पार्टीलाई विभाजनको स्थितिमा पुर्‍याइसकेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ले छुट्टै पार्टी गठन गरेपछि पुरानो बानेश्वरमा भएको नेकपा-माओवादीको राष्ट्रिय भेलाले चुस्त केन्द्रीय समिति बनाउन निर्देशन दिएको थियो ।

भेलाले जम्बो समिति बनाउने म्यान्डेट नदिएपछि दुई अंक नबढाएर केन्द्रीय समिति विस्तार गर्ने निश्कर्षमा पुगेको वैद्य माओवादीले ३७ जना नयाँ अनुहार थप्दै एक सय २५ सदस्यीय केन्द्रीय समिति बनाइछाडेको असन्तुष्ट नेताहरु बताउँछन् । फेरि अर्को कुनै मौका मिलाएर बाँकी २६ जना थप्ने नेताहरुको योजना रहेको बताइएकोछ ।

योगदानका आधारमा चुनिएको दाबी

तर, पार्टीभित्र पति-पत्नी र नातेदारहरु देखिए पनि उनीहरु नाताकै आधारमा नभएर पार्टीमा गरेको योगदानका आधारमा नेतृत्वमा पुगेको दाबी एक नेताले गरे ।

‘परिवारका सबै सदस्य राजनीतिमा लाग्नु र नेता हुनु राम्रै कुरा हो’ ती नेताले भने, यसलाई नकारात्मक रुपमा लिइनु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?