+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फ्लप गुगल चस्मालाई जीवन दिँदै एप्पलका पूर्व कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २५ गते १०:१४

google

अपेक्षाअनुरुप सफलता प्राप्त नभएको तथा विभिन्न खाले विवाद समेत खेप्नु परेपछि यसअघि निर्माण गरेको स्मार्ट चस्माको उत्पादन बन्द गरेको गुगललाई चस्माको धित मरेनछ क्यारे, गुगलले फेरि नयाँ शिराबाट चस्मा बनाउने प्रयास सुरु गर्दैछ ।

गुगलले आफ्नो नयाँ चस्मा परियोजना अब शुन्य विन्दुबाट सुरु गर्न लागेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

गुगलले अघिल्लो महिना विवादास्पद गुगल ग्लासको बिक्रि रोक्नुका साथै यसको निर्माण समेत बन्द गरिसकेको छ ।

तर, अब भने एप्पलका एकजना पूर्व कर्मचारीले गुगलको चस्मा परियोजनालाई पुनः सुरु गर्दैछन् ।

एप्पलको आइपड लगायतका ग्याजेट डिजाइनर टोनी फ्याडेलले गुगलको चस्मा परियोजनालाई रिसेट गरि अघि बढाउन लागेका हुन् । अब गुगल चस्माको नयाँ भर्सन आन्तरिक रुपमै विकाश गरिनेछ र सम्पूर्ण रुपमा निर्माण सकिएपछि मात्र सार्वजनिक गरिनेछ ।

google-2

सन् २०११ मै पहिलोपटक खुलासा गरिएको गुगल ग्लासलाई गुगलले सन् २०१२ को मध्यतिर आयोजित डेभलपर सम्मेलनमा खुब तामझामका साथ प्रदर्शन गरेको थियो । तर चस्माको निर्माण कार्य नसकिँदै त्यसलाई सार्वजनिक गरिएको भन्दै चस्मा परियोजनामा संलग्न वैज्ञानिक तथा कर्मचारीहरु नै असन्तुष्ट बनेका थिए । यहीँ विवादका कारण कतिपय मुख्य अनुसन्धानकर्ताहरुले गुगल कम्पनी नै छाडे । तत् पश्चात निर्माण सम्पन्न गरी बजारमा ल्याइएको गुगल चस्माले सोँचे अनुसारको सफलता पाउन सकेन ।

गुगलको चस्मा परियोजना हाँक्ने जिम्मा पाएका फ्याडेल गएको वर्षदेखि गुगलमा आएका हुन् । नयाँ चस्माको परियोजना धमाधम अघि बढिसकेको भएपनि अहिलेसम्म केही पनि तथ्य गुगलले बाहिर नल्याएको बीबीसीले जनाएको छ ।

पूरानो चस्मा फ्लप भएको कारण नयाँ चस्माले समेत सोही मार्ग पछ्याउन सक्ने भय रहेकाले फ्याडेलले बडो मेहेनत र सुझबुझपूर्वक अलिक धेरै समय लगाएरै गुगलको नयाँ चस्मा सार्वजनिक गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?