+
+
Shares

दर्शनार्थी चढेको कार दुर्घटना, बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ५ गते १५:४४

५ फागुन, सल्यान । शिवरात्रीका भक्तजन चढेको कार मंगलबार सल्यानमा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

सल्यानको खलंगाबाट छाँयाक्षेत्र शक्तिपिठ मन्दिरमा श्रद्धालु भक्तजन लिएर जाँदै गरेको बा ११ च ८२८ नम्बरको कार मैहेसेपानीमा दुर्घटना हुँदा शारदा नगरपालिका २ का ४ वर्षीय गौरव खाँणको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ७ जना घाईते भएका छन् । घाईते हुनेहरुमा शारदा नगरपालिका ५ का ११ वर्षीय सवेश खाँण, वडा नम्बर २ की २० वर्षीया अन्जु खाँण र १७ वर्षीय सन्दिप खाँण छन् ।

यस्तै दाङको घोराही नगरपालीका ११ का ३३ वर्षीया चन्द्रिका बुढाथोकी र ३१ वर्षीया कल्पना पुन, दमाचौर ६ की करुणा मल्ल र दाङ हापुरकी ४० वर्षीया मनिसरा मल्ल पनि घाइते भएका छन् । घाईतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

घुम्तीमा गाडी मोड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी सहायक निरीक्षक चक्र हमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?