Comments Add Comment

यी हुन् सर्वाधिक रोमान्टिक फिल्म

देबदाश फिल्मको दृष्य
देबदाश फिल्मको दृष्य

फिल्मको विषयमा विविधता थपिएसँगै एक किसिमको बर्गीकरण सुरु भएको छ । पछिल्लो समय धेरै निर्देशकले आफ्नो फिल्म कस्तो परिवेशको हो मोटामोटी जानकारी दिन थालेका छन् ।

पारिवारिक, एक्सन, प्रेमकथा वा अरु विषय । संक्षेपमा फिल्मवारे जानकारी दिएपछि लक्षित बर्ग हलमा आउँछन् भन्ने विश्वास निर्देशकले गर्न थालेका छन् ।

तीनैमध्ये एउटा स्थापित बिधा हो-रोमान्टिक फिल्म । कालजयी प्रेमकथामा आधारित यी फिल्मलाई दर्शकले निकै रुचाइदिए र बक्स अफिसमा पनि धुम मच्चाए ।

हम दिल दे चुके सनमः सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘हम दिल दे चुके सनम’ बलिउडमा सर्वाधिक रोमान्टिक फिल्मको रुपमा चिनिन्छ । यस फिल्ममा खुशी, प्रेम र करुणालाई रोचक ढंगमा प्रस्तुत गरिएको छ । ऐश्वर्या राय र अजय देबगणले मुख्य भुमिका निर्वाह गरेका छन् ।

दिलवाले दुल्हनीया लेजाएंगेः बलिउड इतिहासमै सर्वाधिक धेरै हेरिएको भनिएको फिल्म ‘दिलवाले दुल्हनीया ले जाएंगे’ अग्रणी रोमान्टिक चलचित्र भनेर चिनिन्छ । ९० को दशकमा बनेको यो फिल्ममा शाहरुख खान र काजोलले मुख्य भुमिका निर्वाह गरेका छन् । तत्कालिन समयका तन्नेरी पुस्ताका भावना प्रस्तुत गरिएको भनिएको यस फिल्ममा प्रेममा आउने अवरोधलाई पनि रोचक शैलीमा प्रस्तुत गरिएको छ । रिलिज भएयता लगातार प्रर्दशन भएको यो यही हप्तामात्र हलबाट उत्रिएको छ ।

नोटबुकः गरीबको छोरो र धनी बाबुकी छोरीविच हुने प्रेम सम्बन्धलाई अंग्रेजी फिल्म ‘नोटबुक’ मा रोचक शैलीममा प्रस्तुत गरिएको छ । हलिउडमा सर्वाधिक रोमान्टिक फिल्मको सूचीमा दर्ता भएको यो फिल्ममा रयान गोसलिंग र राहेल म्यकएडम्सले मुख्य भुमिका निर्वाह गरेका छन् ।

हिन्दी फिल्म बर्फीको दृष्य
हिन्दी फिल्म बर्फीको दृष्य

मैने प्यार कियाः पहिलो फिल्म ‘मैने प्यार किया’ वाटै सलमान खान स्थापित भएका थिए । रोमान्टिक लभ स्टोरी भनिएको यस फिल्ममा सलमानको लुक्सलाई धेरै महिला दर्शकले मन पराएका थिए । यसमा सलमानको नायिकाको रुपमा भाग्यश्रीले अभिनय गरेकी थिईन् । सलमानको एक्सनको पनि दर्शकले तारिफ गरेका थिए ।

हम आपके है कौनः माधुरी दिक्षित र सलमान खान अभिनित ‘हम आपके है कौन’ म्युजिकल फिल्मको रुपमा चिनिन्छ । यसमा परम्परागत र आधुनिक दुई पुस्ताका शैली र ब्यबहार प्रस्तुत गरिएको छ । यो फिल्म बक्स अफिसमा अत्याधिक सफलमध्ये एक मानिन्छ ।

टाइटानिकः ओस्कार अवार्ड प्राप्त फिल्म टाइटानिक हलिउडमा बनेको मध्ये रोमान्टिक फिल्म हो । टाइटानिक जहाज समुन्द्रमा डुबेको विषयमा बनाईएको यस फिल्ममा लियोनार्डो डि क्यापि्रयो र केट वीन्सलेटले मुख्य भुमिका निर्वाह गरेका छन् ।

क्यामत के क्यामतः क्यामत से क्यामतलाई अग्रेजी फिल्म रोमियो जुलिटवाट प्रभावित भएको मानिन्छ । अमिर खान र जुहि चावलाको मुख्य भुमिका रहेको यस फिल्ममा युवायुवतीको प्रेमको मामलामा परिवारका सदस्यले दिने अवरोधलाई प्रस्तुत गरिएको छ ।

बलिउडमा संर्घष गरिरहेका नेपाली गायक उदितनारायण झा यही फिल्मको गीतवाट चर्चामा आएका थिए । फिल्मका सबै गीत तत्कालीन समयमा सुपरहिट भएको थियो ।

बर्फीः प्रियंका चोपडा र रणबीर कपुरको जोडीले बर्फीमा देखाएको अभिनय क्षमता निकै तारिफयोग्य छ । बक्स अफिसमा ठिकै ब्यापार गरेको बर्फी पछिल्लो समयको चर्चित रोमान्टिक सिनेमा हो । यसमा रणबीर कपुरको संवाद छैन ।

बीरजाराः एउटा सैनिक र सञ्चारकर्मीविचको प्रेमसम्बन्धमा केन्दि्रत छ ‘बीरजारा’ । शाहरुख खान र पि्रति जिन्टाको मुख्य भुमिका रहेको यस फिल्मले पनि दर्शकलाई खुसी पार्न सफल भयो ।

देबदाशः सञ्जयलीला भन्सालीको निर्देशन रहेको ‘देबदाश’ बलिउडकै ऐतिहासिक सिनेमा मानिन्छ । शाहरुख खान, ऐश्वर्या राय र माधुरी दिक्षितको मुख्य भुमिका रहेको यस फिल्ममा प्रेममा विक्षिप्त जोडीको दुर्दशालाई प्रस्तुत गरिएको छ ।

बबीः ऋषि कपुर र डिम्पल कपाडिया अभिनित पुरानो फिल्म बबी पनि रोमान्टिक फिल्मको सुचिमा पर्छ । तत्कालीन समाजमा चर्चित यो फिल्मले ७० को दशकको भारतीय समाजको प्रतिनिधित्व गरेको छ । -टाइम्स अफ इण्डिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment