८ फागुन, काठमाडौं । गुजरातको सुरतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चित सुट लिलामीको आज अन्तिम दिन हो । अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको भेटका क्रममा मोदीले लगाएको यो सुट निकै चर्चित छ ।
झण्डै १० लाख भारुमा बनेको यो सुटमा सुनौलो अक्षरमा ‘नरेन्द्र दामोदर मोदी’ लेखिएको छ । जसका कारण मोदी विवादमा समेत परेका थिए । अहिले लिलामीमा राखिएको मोदीको यो सुटका लागि झण्डै २ करोडको बोल कबोल भएको छ ।
लालजी बादशाहले १ करोड ८१ लाख भारुको बोल कबोल गरेका छन् । मोदी गुजरातको मुख्यमन्त्री हुँदा उनले लालजीलाई अस्पताल बनाउन जमीन दिएका थिए । सन् २०१३ मा मोदी उक्त अस्पतालको आधारशिला कार्यक्रममा समेत सहभागी भए । २०१२ मा भने लालजीको घरमा आयकर विभागले छापा पारेको थियो ।
हिरा व्यापारी व्यापारीदेखि कर छल्नेसम्म
मोदीको सुटका लागि हितेश पटेलले १.७१ करोडको कबोल गरेका छन् । उनी हिराका कारोबारी हुन् र उनको कम्पनीले बाषिर्क ९० करोडको कारोवार गर्छ ।
इम्पोर्ट ड्युटी नदिएको विषयलाई लिएर उनको कार्यालयमा प्रहरीले यसअघि छापा मारेको थियो । मोदीका सुटका लागि १.४१ करोड भारु बोलकबोल गर्ने कोमलकान्त शर्माको जहाज सम्बन्धी व्यवसाय छ ।
उनको कम्पनीमा पनि २०१२ मा आयकर विभागले छापा मारेको थिए । उनी मोदीको सुट किनेर आफ्ना नातिलाई दिन चाहन्छन् ।
मुकेश पटेलले पनि मोदीको सुट किन्ने इच्छा ब्यक्त गरेका छन् । सुरुमा एक करोड दिन तयार हुने उनै हुन् । उनी हिरा कारोबारी हुन् । उनको कम्पनीलाई पनि १५५ करोड कर छलीको आरोप लागेको छ ।
प्रतिक्रिया 4