मुम्बई । अभिनेत्री कंगना राणावतले आफुलाई अनुष्का शर्माको प्रेमी बिराट कोहली असाध्यै मन परेको बताएकी छिन् । त्यसो भए कंगनाले अनुष्काको जोडीमाथि आँखा लगाएकी हुन् त ? बिराटको नामै नलिइ जसरी उनले टिप्पणी गरिन् त्यसले यस्तै शंका उब्जाउन सक्छ ।
कंगनाले आफु बिराटको असली प्रसंसक भएको भन्दै उनको खाईलाग्दो ज्यानको तारिफ गरिन् । त्यसो त केही दिन अघि एउटा कार्यक्रममा संवाददाताले कंगनालाई मनपर्ने क्रिकेटरका नाम सोधेका थिए । उनले तुरुन्तै जवाफ दिइन -‘मलाई अनुष्काको प्रेमी मन पर्छ ।’
उनले बिराट नाम नलिई अनुष्काको प्रेमी मन पर्ने कुरा गरिन् । यसमा अनुष्काले अहिलेसम्म प्रतिक्रिया दिएकी छैनन् । ६० औं फिल्म फेयर अवार्डमा चलचित्र ‘क्वीन’ वाट सर्वोत्कृष्ट हिरोईनको अवार्ड पाएकी थिईन् कंगनाले । तर, अवार्ड समारोहमा भने उपस्थित भईनन् ।
आफु अभिनयका विषयमा चिन्तित रहेको धारणा राख्ने कंगनाले । फिल्मफेयर अवार्डमा उपस्थित हुन नसकेपनि अवार्डका सन्दर्भमा नकारात्मक नभएको प्रतिक्रिया दिईन् । उनि अब ‘तनु वेड्स मनु’ मा देखिदैछिन् ।