Comments Add Comment

अन्नाको किसान आन्दोलनमा केजरीवाल सहभागी

Arvind-Kejriwal-with-Anna

१२ फागुन, काठमाडौं । भूमि अधिग्रहण विधेयकविरुद्ध अन्ना हजारेले सुरु गरेको विरोध प्रदर्शनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सहभागी भएका छन् ।

विधेयकको विरोध गर्दै केजरीवालले केन्द्र सरकारले जनतामाथि बुलडोजर चलाउन नसक्ने बताए । चुनावका क्रममा जनतासँग भएको भेटका क्रममा जनताले कुनै पनि सरकारलाई गरीव विरुद्ध कानुन बनाउने बनाउने आफूलाई थाहा भएको उनले बताए ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले जनताविरुद्ध काम गर्ने सरकारलाई जनताले हटाउने बताए ।

भूमि अधिग्रहण विधेयक केन्द्र सरकार मातहतमा भएकाले सिधा हस्तक्षेप गर्न नसक्ने तर, दिल्ली सरकारले यसलाई लागू नगर्ने उनले बताएका छन् । उनले भने-यो लागू भयो भने सरकार उद्योगपतीको दबाल बन्छ ।’

केजरीवालले अन्नाको नेतृत्वमा भइरहेको किसान आन्दालेनमा पूर्ण समर्थन रहेको बताए ।

दिल्लीमा किसानको प्रदर्शन

पस्तावित विधेयकविरुद्ध सयौं किसानले राजधानी दिल्लीको संसद मार्गमा प्रदर्शन गरेका छन् । राष्ट्रिय जन आन्दोलन गठवन्धनको अगुवाईमा भएको प्रदर्शनमा किसान संगठनहरुको सहभागिता थियो ।

विपक्षीको विरोधका बीच सरकारले भने भूमि अधिग्रहण विधेयक लोकसभामा पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment