आरपी सुवेदी
१२ फागुन, नेपालगञ्ज । टाटा मोटर्सको नेपालगञ्जमा सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा आउने भएको छ । टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले २५ करोड लगानीमा सर्भिस सेन्टर खोल्न लागेको हो ।
सिप्रदीका अध्यक्ष सौर्य राणाले असारबाट सर्भिस सेन्टर सञ्चालनमा आउने बताएका छन् । सर्भिस सेन्टरमा टाटाका सम्पूर्ण गाडीहरु मर्मत गर्न मिल्ने बताइएको छ ।
पछिल्ला वर्षमा नेपालगञ्ज अटो व्यवसायीहरुको केन्द्रमा पर्दै गइरहेको छ । नेपालगञ्जमा बढ्दै गइरहेको व्यवसायीक क्रियाकलापले यस क्षेत्रमा सवारी साधनको बिक्री हृवात्तै बढ्न थालेको छ ।
यही क्रममा सिप्रदीले पनि नेपालगञ्जमा टाटा मोटर्सको बलियो उपस्थिती देखाउन खोजेको छ । टाटाको सर्भिस सेन्टर आधुनिक प्रविधिमा आधारित हुने राणाले बताए ।
उक्त सर्भिस सेन्टरबाट नेपालगञ्जका ग्राहकमात्र नभई समग्र मध्यपश्चिमका ग्राहकहरु लाभान्वित हुने अपेक्षा कम्पनीको छ । ग्राहकले गाडी खरिद गर्दा बिक्री पछिको सेवालाई विशेष ध्यान दिने गर्छन् ।
यसैबीच सिप्रदीले हालै नेपाली बजारमा सार्वजनिक गरेको टाटा जेष्ट कार पनि नेपालगञ्जमा बिक्री सुरु गरेको छ । टाटाका कारहरु नेपालगञ्जमा यज्ञलक्ष्मी अटो डिष्ट्रिब्युटर्सले बिक्री गर्ने छ ।
सिप्रदीका अध्यक्ष राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले सोमबार एक समारोहबीच टाटा जेष्टको औपचारिक बिक्री सुरु गरे ।
अध्यक्ष राणाले सवारी साधान बिक्रीका लागि नेपालगञ्ज ‘हब’ बन्दै गइरहेको बताउँदै नयाँ स्टाइलिस कार जेष्टले यस क्षेत्रका मानिसको मन जित्न सफल हुने विश्वास व्यक्त गरे ।
अहिले मध्यपश्चिम क्षेत्र टाटाका कार तथा व्यवसायीक गाडी बिक्रीका लागि आफुहरुको केन्द्रमा रहेको बताए । पेट्रोल र डिजेलबाट चल्ने टाटा जेष्टको मुल्य २४ लाख ९५ हजार र ३० लाख ७५ हजार रुपैयाँ रहेको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले मध्यपश्चिममा आर्थिक गतिबिधि बढेसँगै सवारी साधन खरिद गर्नेहरुको संख्या बढ्दै गइरहेको बताए ।
प्रतिक्रिया 4