Comments Add Comment

पोखरामा ‘न्यू इयर’को वर्कशप, निर्माताले काठमाण्डौबाट के भने ?

new-year-muhurta
अष्ट्रेलियामा छायांकन हुन लागेको चलचित्र ‘न्यू ईयर’को हाल पोखरामा धमाधम वर्कशप चलिरहेको छ । चलचित्रका निर्देशकदेखि कलाकार वर्कशपमा व्यस्त छन् । नायिका वेनिशा हमाल, निर्देशक प्रविण श्रेष्ठ लगायतको टोली पोखरामा वर्कशप गरिरहेको छ । काठमाण्डौ भन्दा केही पर बसेर चलचित्रको वर्कशप गरेर कलाकार आफूलाई निखार्ने तयारीमा छन् ।

गृहेन्द्र घिमिरेले पहिलो पटक निर्माण गर्न लागेको यो चलचित्रको घोषणासँगै यसको चर्चा पनि चलेको छ । हरेक नयाँ बर्षसँगै परिवर्तन हुने ऋतुको कथामा यो चलचित्र बन्न लागेको हो ।

पोखरामा रहेको आफ्नो टोलीलाई यसका निर्माता घिमिरेले काठमाण्डौबाट फोन गरेर चुनौती बढेको बताएका छन् । चलचित्र ‘अझै पनि’ हेरेपछि गृहेन्द्रले निर्देशक प्रविण श्रेष्ठलाई फोन गरेर आफूहरुलाई पनि चुनौती बढेकाले मिहिनेत गर्न आग्रह गरेका थिए । ‘अझै पनि’ राम्रो चलचित्र बनेपछि आफूहरुमा अझै चुनौती थपिएको गृहेन्द्रको भनाई छ ।

उनले भने-‘एउटा राम्रो चलचित्र हेरेपछि अर्को मेकरलाई त्यो भन्दा उत्कृष्ट चलचित्र बनाउँछु भन्ने भावना आउनुपर्छ । मैले मेरो टिमलाई होमवर्कमा मिहिनेत गर्न सुझाए ।’

नेपाली चलचित्र क्षेत्रमा राम्रो चलचित्र बनेपनि त्यसको सकारात्मक भन्दा नकारात्मक चर्चा गर्ने बानी धेरैको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment