काठमाडौं । रेखा थापादेखि नयाँ नायिका ऋजु श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेका जीवनले अब वर्षा सिवाकोटीसँग रोमान्स गर्ने भएका छन् । जीवन र वर्षालाई रोमान्सको मेसो मिलाउने काम गरेका छन् निर्देशक कृष्ण पौडेलले ।
वर्षासँग फिल्ममा काम गर्ने सम्झौता भईसकेपनि जीवन अमेरिकामा रहेकोले कागजी प्रकृया बाँकी रहेको निर्देशक पौडेलले बताए । ‘सत्या’ नाम राखिएको फिल्ममा लेडिज एक्सनलाई विषेश महत्व दिने निर्देशक पौडेलले बताए । यसमा जीबन र वर्षा जोडी बनेर देखिने भएका छन् ।
सोही फिल्मका लागि गीत रेकडिङ सुरु गरिएको छ । विकास चौधरीको संगीत रहेको छ भने राजेश पायल राईले स्वर दिने भएका छन् । फिल्मको सुटिङ वैशाख लागेपछि गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4