यदि तपाइँले स्मार्टफोन प्रयोग गर्नुहुन्छ र आफ्नो प्रेम तथा वैवाहिक सम्बन्धमा असन्तुष्टिको अनुभव गरिरहनुभएको छ भने यसको जिम्मेवार तपाइँको स्मार्टफोन हुनसक्छ । हालैको एक अनुसन्धानले स्मार्टफोनलाई प्रेम सम्बन्धमा खलल पूराउने तत्वको रुपमा उभ्याएको छ ।
अध्ययन अनुसार मानिसहरु आफ्नो पार्टनर तर्फ भन्दा ग्याजेटतर्फ बढि आकषिर्त भैरहेका छन् ।
डोरह्याम विश्वविद्यालय तथा कण्डम उत्पादक कम्पनी ड्युरेक्सका शोधकर्ताले गरेको संयुक्त अध्ययनका क्रममा बेलायतका १५ जोडीहरुलाई सामेल गराइएको थियो । ती मध्ये ४० प्रतिशतले स्मार्टफोनकै कारण यौन सम्पर्कको काममा पनि ढिलाइ हुने गरेको स्विकार गरेका थिए ।
कतिपय मानिसहरुले त यौन सम्पर्क गरिरहेको बेलामा समेत आफुले आफ्नो स्मार्टफोन चलाएर सोसल मिडियाको नोटिफिकेसन हेर्ने र म्यासेजको जवाफ समेत दिने गरेको बताए । शोधमा सहभागी गराइएका मध्ये एक तिहाइले आफ्नो मोबाइल फोनमा आउने कल उठाउँदा यौनक्रिडामा समेत बाधा उत्पन्न हुने गरेको अनुभव सुनाएका थिए ।
यो शोधले अझ रोचक तथ्य त के बाहिर ल्याएको छ भने एक चौथाइ जोडीहरु सेक्सको समयमा आफ्नै यौनक्रिडाको भिडियो कैद गर्न स्मार्टफोनको प्रयोग गर्ने गर्छन् । ४० प्रतिशतले अन्तरंग पलको दृश्य स्मार्टफोनमा कैद गर्ने गरेको समेत पाइएको छ ।
शोधकर्ता मार्क म्याकारम्याकका अनुसार बेडरुममा ग्याजेटको प्रवेश गराउनु भनेको आपसी सम्बन्धका लागि खतरनाक हुन्छ । त्यसैले यौन सम्बन्ध तथा प्रेमालापको समयमा स्मार्टफोनलाई बन्द गर्नु नै सम्बन्धलाई दीगो बनाउने उपाय रहेको शोधकर्ताको सुझाव रहेको छ ।
प्रतिक्रिया 4