+
+

संगीता र सीमाले अस्पतालबाटै दिए एसएलसी (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ५ गते १७:३७

SLC (2)
५ चैत, काठमाडौं । तेजाब आक्रमणबाट घाइते संगीता मगर र सीमा बस्नेतले पहिलो दिनको एसएलसी परीक्षा दिएका छन् । संगीताले सहयोगी सनम तामाङ मार्फत् परीक्षा दिइन् भने सीमाले आफैं उत्तरपुस्तिकामा लेखिन् ।

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा अस्पतालको शैयामा सुतेर संगीताले दिएको उत्तर उनका सहयोगी छात्रले कापीमा उतारेका छन् । काठमाडौं मेडिकल कलेजको १०३ नम्बर बेडमा संगीताको उपचार भैरहेको छ ।

sangita magar

उता बीर अस्पतालमा उपचाररत सीमाले भने सहयोगी नराखिकनै परीक्षा दिएकी छन् ।

यसअघि मन्त्रिपरिषदको बैठकले संगीता र सीमालाई अस्पतालको शैयाबाटै एसएलसी परीक्षा दिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

बसन्तपुरको झोंसेंस्थित ट्युसन सेन्टरमा एसएलसी तयारी कक्षा लिनका लागि बसिरहेकोबेला एक व्यक्तिले संगीता र सीमामाथि तेजाब आक्रमण भएको थियो । तेजाब आक्रमणकारीलाई प्रहरीले अझै पहिचान गर्न सकेको छैन ।

वीर अस्पतालमा परीक्षा लेख्दै सिमा बस्नेत
वीर अस्पतालमा परीक्षा लेख्दै सिमा बस्नेत । तस्वीरः रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?