Comments Add Comment

अग्निपीडितलाई राहतमा कञ्जुस्याइँ हुँदैन : गृहमन्त्री

१० चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले ताप्लेजुङका अग्निपीडितलाई सरकारका तर्फबाट उपलब्ध गराउने राहत र सुविधामा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

bamdev-Gautam

  • फुङलिङमा अग्नि पीडितलाई सम्वोधन गर्दै गृहमन्त्री बामदेव गौतम

अग्नि पीडितहरुको समस्या बुझ्न मंगलबार फुङलिङ आइपुगेका मन्त्री गौतमले सरकारले उपलब्ध गराउने राहत चाँडोभन्दा चाँडो अग्नि पीडितसामु पुर्‍याइने बताए ।

पीडितलाई सस्तो ब्याजमा ऋण प्रदान गर्ने आश्वासन दिँदै मन्त्री गौतमले आगलागीबाट ध्वस्त भएका घरहरुको निर्माणका लागि सरकारबाटै प्रयास गरिने बताए ।

प्रधानमन्त्री सुशील कोइरालाले मंगलबारै विज्ञप्ति निकालेर राहत र पुनःस्थापनाको काममा तिव्रता दिन गृह मन्त्रालयलाई निर्देशन दिएका थिए ।

काठमाडौंबाट हेलिकोप्टरमार्फत आएका गौतमले घटनास्थलको अवलोकनपछि अग्निपीडितसँग छलफल गरे । पीडितले मन्त्रीसँग आफ्ना गुनासा लिखित रुपमा राखेका थिए ।

आगलागी पीडितले गृहमन्त्री सामु तत्काल पीडित परिवारलाई विषेश राहतको व्यवस्था गर्न, क्षतिग्रस्त संरचनाको पुननिर्माणको व्यवस्था मिलाउन, अग्नि पीडितलाई सरकारबाट लामो समयसम्म सहुलियत ब्याजमा ऋणका साथै अनुदानको व्यवस्था गर्न माग गरेका थिए । विस्थापित अग्नि पीडितलाई थप पीडित बनाउने कार्य नगर्न लिखितरुपमा स्थानीयवासीले माग राखे ।

घरबाहेक नै ३० करोडको क्षति

सोमबार राति भएको आगलागीका कारण ३७ घर जल्दा घरको मूल्यांकन बाहेक नै ३० करोडको क्षति भएको प्रमुख जिल्ला अधिकारी डम्बरु प्रसाद निरौलाले जानकारी दिए ।

आगलागिका कारण १ सय ५५ परिवार विस्थापित भएको पछिल्लो तथ्यांकले देखाएको छ । यसअघि ९० घर जलेको प्रारम्भिक अनुमान गरिएको थियो ।

आगो नियन्त्रणमा लिने क्रममा डोजर लगाएर ७ घर भत्काइएका थिए । आगलागीका कारण कुनै मानवीय क्षति भने हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment