+
+
Shares

बलात्कारीलाई नपुंशक बनाउने कानुनबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत ११ गते १७:१८

११ चैत, काठमाडौं । संसदको एक समितिले बलात्कारीलाई नपुंशक बनाउने कानुन तर्जूमा गर्नेतर्फ अध्ययनका लागि सकारलाई निर्देशन दिएको छ ।

Ranju-Thakur
रन्जु ठाकुर, सभापति, महिला बालवालिका जेष्ठ नागरिक तथा समाज कल्याण समिति

महिला बालवालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिको बुधवारको बैठकले यस्तो निर्देशन दिएको हो ।

पछिल्लो समयमा बलात्कारका घटनाहरु बढिरहेको र त्यसमा पनि बालिका बलात्कारका घटना दिनहु भइरहेकाले केमिकल प्रयोग गरेर त्यस्ता व्यक्तिलाई नपुंशक बनाउने बिधीलाई कानुनका रुपमा ल्याउन सकिने समितिकी सभापति रन्जु ठाकुरले बताइन् ।

‘अब आफू कानुन व्यवसायी समेत भएकाले धेरै देशमा केमिकल क्यास्ट्रेशन बिधी हेरेकी छु,’ सभापति ठाकुरले अनलाइनखबरसँग भनिन् ‘हाम्रो देशमा मृत्युदण्डको कानुन नभएकाले त्यसको विकल्पमा यो कानुन बनाउन सकिन्छ ।’

उनले यहि कानुन बनाउन भनेर निर्देशन समितिले नदिएपनि यसबारे अध्ययन गर्न सरकारलाई सुझाव दिइएको बताइन् । ‘बलात्कार बिरुद्ध विशेष कानुन बनाउन निर्देशन दिएका छौं,’ उनले भनिन्, ‘त्यसमा केमिकल क्यास्ट्रेशन मार्फत नपुंशक बनाउने बिधी पनि हुन्छ ।’

समितिले बलात्कार र महिला हिंसाका घटना नियन्त्रणका लागि प्रभावकारी कार्य योजना बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?