१८ चैत, काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अध्यक्ष कमाल मुस्तफाले राजीनामा दिएका छन् ।
मुस्तफा पछिल्लो समय असुन्तुष्ट थिए । विश्वकपको क्वार्टरफाइनलमा भारतले बंगलादेशलाई पराजित गरेको खेलमा उनले अम्पायरको निर्णयमाथि प्रश्न उठाउँदै राजीनामाको धम्की दिएका थिए ।
विश्वकपको विजेता अष्ट्रेलियालाई विश्वकपको ट्रफी हस्तान्तरण गर्न नदिएपछि उनी थप निराश थिए । आफूलाई आईसीसीको वैधानिक अधिकारबाट बञ्चित गरिएको भन्दै उनले विरोध गरेका थिए ।
मेलबर्नमा भएको फाइनल खेलपछि आईसीसीका चेयरम्यान एन श्रीनिवासनले विजेता टीम अष्ट्रेलियाका कप्तान माइकल क्लार्कलाई ट्रफी दिएका थिए ।