+
+
Shares

सेक्स भिडियो सार्वजनिक भएपछि आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ४ गते १४:४८

rape-victim

इन्टेरनेटमा आफ्नो सेक्स भिडियो सार्वजनिक भएपछि भारतको ओडिशा एक किशोरीले आत्महत्या गरेकी छिन् । कटक जिल्लाकी किशोरीले आत्महत्या गरेकी हुन् ।

उनले हालै मात्र म्याटि्रक परीक्षा दिएका थिइन् ।

मृतकका बाबुले प्रहरीमा दिएको उजुरी अनुसार छिमेकी युवकले नुहाएको समयमा भिडियो बकनाएर ब्लाकमेल गरेको र उनीसँग सम्वन्ध राखेको उल्लेख छ । शारीरिक सम्वन्धको भिडियो बनाएपछि पोर्न वेबसाइटमा पोष्ट गरेको बताइएको छ ।

भिडियोबारे थाहा पाएपछि बुबाले सोधपुछ गरेका थिए । तर, किशोरीले बद्नाम हुने डरले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रहरीमा उजुरी परेपछि कमलाकान्त र उनको परिवारका सदस्यहरु वेपत्ता भएका छन् । प्रहरीका अनुुसार पोर्न भिडियो बनाउने किशोर १२ कक्षाका विद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?