+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कुलल्याबले ल्यायो मावि तहको डिजिटल किताव

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ४ गते १५:५३

Kullabs-Software

४ वैशाख, काठमाडौं । विद्यार्थीलाई अनलाइनमार्फत शिक्षा प्रदान गर्ने उद्देश्यसहित कुल टेक्नोल्याव एन्ड रिसर्च सेन्टरले डिजिटल कितावको सुरुवात गरेको छ । कम्पनीले ८, ९ र १० कक्षाका डिजिटल कितावको औपचारिक सुरुवात गरेको हो ।

विद्यार्थीहरुले कम्प्युटर, ल्यापटप, मोवाइलबाट अनलाइनमार्फत आफ्नो कोर्ष अध्ययन गर्न पाउनेछन् ।  परम्परागत कितावको तुलनामा पढ्न सजिलो हुने, प्रश्न तथा उत्तरहरु एकैठाउँ समावेश, विद्यार्थी आफैले जाँच लिने सक्नो सुविधाले डिजिटल किताव विद्यार्थीले रुचीका साथ पढ्ने विश्वास कम्पनीको छ ।

शिक्षा क्षेत्रमा भएका विद्यमान समस्याहरुलाइ सम्वोधन गर्ने उद्देश्यले विभिन्न किसिमका सफ्टवयहरुको निर्माण गरी बजारमा ल्याइ सकेको कम्पनीका अध्यक्ष सुशीलदेव भट्टराईले बताए ।

नेपालको शिक्षा क्षेत्रमा पढ्ने र पढाउने शैलीमा आमुल परिवर्तन ल्याउने आफुहरुको लक्ष्य रहेको बताउँदै अध्यक्ष भट्टराइको भनाई छ ।

विश्वमा सुचना प्रविधिले गर्दा विद्यार्थीहरुले अध्ययनका लागि धेरै फाइदा लिएपनी नेपालमा भने कण्ठ पार्ने परम्परा कायम गरेको बताउँदै उनले डिजिटल कितावमा कण्ठ गर्ने भन्दा बुझेर पढ्न सकुन भनेर भिडिभो, चित्र, इन्फोग्राफ, चार्ट लगायतका सामाग्री समावेश गरेको बताए ।

पहिलो चरणमा सामाजिक, विज्ञान, बतावरण तथा जन्ासंख्या र स्वास्थ्य विषय डिजिटल संस्करण ल्याएको कम्पनीले छिट्टै अरु विषयहरु ल्याउने तयारी गरेको छ ।

सुचना प्रविधि विभागका महानिर्देशक विरेन्द्र मिश्रले शिक्षामा प्रविधिको प्रयोग बढाउन सरकारी तवरबाट गर्नुपर्ने सहयोग, समम्वन्यका लागि प्रतवद्ध रहेको बताए ।

विद्यार्थीले कम्पनीको वेभसाइटबाट निःशुल्क पाठ्क्रम पढ्न सक्नेछन् । साथै, कम्पनीले सफ्टवेयर डीभीडीमा पनी उपलव्ध गराएको छ । सरकारी तथा सामुदायिक विद्यालयको लागि भने सफ्टवेयर निःशुल्क उपलव्ध गराउने बताइएको छ ।

सफ्टवेयर नेपाली पाठ्यक्रममा आधारित भएकोले डिडिटल क्लास संचालनका लागि विदेशबाट आयतित महंगा सफ्टवेयरलाई विस्थापन गर्ने लक्ष्य कम्पनीको छ  । कम्पनीका अनुसार करिव २ सय ५० स्कुलहरुले यो सफ्टवेयर प्रयोगमा ल्याइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?