Comments Add Comment

महेन्द्रको पोखरेली दरबारलाई पार्क बनाउने प्रस्ताव

Ratna-Mandir

सन्देश श्रेष्ठ

५ वैशाख, पोखरा । तत्कालीन राजा/रानी पोखरा आउँदा बास बस्न फेवाताल किनारमा बनाइएको रत्न मन्दिरलाई पार्क बनाउने प्रस्ताव अघि सारिएको छ ।

राज परिवारको पोखरेली दरबारको रुपमा परिचित रत्न मन्दिरलाई जैविक विविधता पार्क बनाउने प्रयास सुरु भएको हो । ४०० रोपनी क्षेत्रफलमा रत्नमन्दिर सम्पदा क्षेत्र तथा जैविक विविधता पार्क बनाउने पहल भइरहेको सम्पदा संरक्षण समितिका संयोजक अध्यक्ष रामबहादुर पौडेलले बताए ।

जसमा रत्न मन्दिरको १७७ रोपनी, बसुन्धरा पार्कको १२३, हेमा गृहको २५, वराही मैदानको ३० र कोमागाने पार्कको ४५ रोपनी छ ।

शनिबार रत्न मन्दिर परिसरमा सार्वजनिक प्रवेश दिइएको छ । क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियासहितको टोलीले अवलोकन गरेका थिए ।

कार्यक्रममा क्षेत्रीय प्रसाशक थपलियाले पोखरेलीको साझा भावना र आवाज अनुसार रत्न मन्दिरलाई जैविक विविधता पार्क बनाउन लागिएको बताए । उनले फेवाताल बचाउँदै यसको विकास, संरक्षण र पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पार्क बनाउन लागिएको पनि स्पष्ट पारे ।

थपलियाले फेवाताल किनारमा ६५ मिटर छाड्नुपर्ने निर्णय कार्यान्वयन गरेरै छाड्ने घोषणा गरे । उनले जग्गा अतिक्रमणकारीले विरोध गर्दैमा अभियान नरोक्ने बताउँदै अटेर गर्नेलाई नछाड्ने चेतावनी दिए ।

राजा महेन्द्रले पोखरा आउँदा बस्न मिल्ने गरी वि.स. २०१४ सालमा पत्नी रत्नको नामबाट रत्न मन्दिर बनाएका थिए । गणतन्त्रपछि नेपाल रत्न मन्दिरलाई नेपाल ट्रष्टको मातहतमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment