Comments Add Comment

जाजरकोटमा २४ घन्टाभित्र चिकित्सक पठाउन सरकारलाई सर्वोच्चको आदेश

supreme-court-of-Nepal-Final1

८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले महामारी फैलिएको जाजरकोटमा २४ घन्टाभित्र उच्चस्तरीय चिकित्सक टोली पठाउन सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश गोविन्दकुमार उपाध्यायको इजलासले औषधीसहितका उचित स्रोत साधनसहित उच्चस्तरीय चिकित्सक टोली पठाउन अन्तरिम आदेश दिएको छ ।

साथै मृतकको परिवारलाई दाहसंस्कार र उचित क्षतिपूर्ति दिन आदेश दिएको छ । ‘१०/१० दिनमा प्रगति विवरण बुझाउन पनि भनिएको छ’ सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले अनलाइनखबरसँग भने ।

अनुगमन गरेर प्रतिवेदन दिन भनिएको छ । फ्लूको महामारी फैलिएको जाजरकोटमा मङ्गलबार थप ३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment