Comments Add Comment

स्कटल्याण्डसँगको खेल सार्न क्रिकेट संघको आग्रह

CRICEKT TEAM OF NEPAL(COlombo

१८ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्डसँगको खेल केही पछि सार्न आग्रह गरेको छ ।

शनिबार गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले कीर्तिपुरस्थित इन्डोर हलमा क्षति पुगेको छ । भूकम्पपछि नेपाली क्रिकेटरहरुको तयारी समेत प्रभावित भएपछि स्कटल्याण्डसँगको खेल पछि सार्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीलाई आग्रह गरेको हो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र स्कटल्याण्डको खेल जुन १० र १२ का लागि तय भएको छ । यसलाई जुन अन्त्यतिर सार्न आईसीसी र स्कटल्याण्डलाई आग्रह गरिएको क्यान स्रोतले जनाएको छ ।

भारत सहयोग गर्न तयार

यसैबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आसन्न टी-२० विश्वकप छनोटको तयारीका लागि नेपाललाई सहयोग गर्ने इच्छा देखाएको छ ।

भूकम्पका कारण नेपालले विश्वकप छनोटको आवश्यक तयारी सुरु गर्न सकेको छैन ।

बीसीसीआईले नेपाली क्रिकेटरहरुलाई अभ्यास र तयारीका लागि मैदानसहितको सहयोग गर्ने इच्छा देखाएको हो । बीसीसीआईले नेपालले आवश्यक ठानेमा आफ्नो नेशनल क्रिकेट एकेडेमीमा अभ्या तथा तयारी गर्न दिने बताएको छ ।
तर, क्यानले केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment