News Summary
Generated by OK AI. Editorially reviewed.- सन्दीप लामिछानेले नेपाल क्रिकेट संघसँगको केन्द्रीय सम्झौताबाट अलग हुने निर्णय गरेका छन्, जुन उनी आफ्नो व्यक्तिगत र पेशागत विकासको लागि भएको बताएका छन्।
- उनी आफ्नो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने होइन, विकास र उद्देश्यतर्फको यात्रा भएको बताएका छन् र आफ्नो अनुभव र योगदानलाई उच्च मूल्यांकन गरेका छन्।
- सन्दीपले आफ्नो निष्ठा र प्रेम क्रिकेटप्रति कहिल्यै कम नहुने भन्दै, आफ्नो यात्रा अझै बाँकी रहेको र समर्थकहरूको समर्थनले प्रेरित गरिरहेको बताएका छन्।
३१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन्।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्। ‘यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो’ उनले भनेका छन्।
सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै भनेका छन्, ‘क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्छु।’ उनले आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने र दिन बाँकी रहेको उल्लेख गरेका छन्।
‘जीवन निरन्तर बदलिंदै जाने यात्रा हो। म क्रिकेटसँगै जीवनका नयाँ आयामहरूमा समेत अघि बढ्न उत्साहित छु’ लामिछानेले लेखेका छन्।
राष्ट्रिय टिमप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने स्पष्ट पार्दै उनले थपे, ‘कहिलेकाहीं निर्णयहरू अलगिन होइन, बरु अझ मजबुत भएर अघि बढ्न लिइन्छन्। मेरो समर्पण र सपना सधैं देश र क्रिकेटसँग जोडिएको छ।’
अन्त्यमा उनले आफ्ना समर्थक र शुभेच्छुकहरूलाई धन्यवाद दिँदै भनेका छन्, ‘तपाईंहरूको विश्वास र समर्थनले नै मलाई सधैं प्रेरित गरिरहेको छ। यो यात्रा अझै बाँकी छ।’
उनी केन्द्रीय सम्झौता अन्तर्गत क्याटेगोरी ए मा समावेश थिए ।
यसबारेमा क्यानले भने कार्यसमिति बैठक बसेर मात्र के निर्णय लिने भन्ने थाहा हुने जनाएको छ ।
प्रतिक्रिया 4