Comments Add Comment

सिप्रदीको निःशुल्क बस सेवा र राहत सहयोग

Sipardi-Rahat-Bitaran

१८ वैशाख, काठमाडौं । सिप्रदीयन सहायता संस्थाले नुवाकोटको सामरी गाविसका भूकम्प पीडित परिवाहरुलाई पाँच हजार किलो खाद्यन्न र १० लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको छ ।

राहत सामाग्रीमा टेन्ट, त्रिपाल, दाल, चामल, चिउरा, चाउचाउ, मिनिरल वाटर, दालमोठ लगायत रहेका छन् । उक्त क्षेत्रमा यस्तो वृहत सहयोग गर्नेमा सिप्रदी पहिलो भएको बताउँदै पीडितहरुले प्रशंसा गरेको छन् ।

पीडित परिवारहरुले आफुहरुको अवस्था अत्यन्त दयनीय भएकोले सिप्रदीले जस्तै अन्य संघसंस्थालाई पनि सहयोगका लागि आग्रह गरेका छन् । राहत वितरण कार्यक्रमका संयोजक सामरी गाविस सचिव बुद्धी बहादुर प्याकुरेलले सिप्रदीको सहयोगले जीवन मरणको अवस्थामा रहेका पीडितलाई केही भएपनि राहत मिलेको बताए ।

Sipardi-Rahat-Bitaran-3

सिप्रदीले यातायातको सुविधालाई ध्यानमा राख्दै सर्वसाधारणका लागि काठमाडौंबाट नारायणघाटसम्म निःशुल्क बस सेवासमेत सञ्चालन गरेको छ ।

संस्थाका संरक्षक शम्भुप्रसाद दाहालले निःशुल्क बस सेवाबाट सयौं यात्री तथा परिवारहरु लाभान्वीत हुने विश्वास व्यक्त गरे । बस सेवा सहज नहुँदासम्म सिप्रदीले निरन्तर सेवा प्रदान गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment