मुम्बई । नेपालका भूकम्प पीडितलाई सहयोग गर्न अपिल गरेका अमिताभ बच्चनको विषयमा केही भारतीय अनलाइन प्रयोगकर्ताले टिप्पणी गरे ‘सस्तो प्रचारका लागि अमिताभको निर्णय ।’
यो टिप्पणीले उनको मन दुखायो । भारतीय मिडियासँग कुरा गर्दैै अमिताभले भने ‘मैले सस्तो प्रचारका लागि नेपालका भूकम्प पीडितलाई सहयोग गरेको हैन ।’
फेसबुक, ट्वीटर र ब्लगमा समेत सक्रिया ७२ वर्षीय यी अभिनेताले छिमेकी मुलुक नेपालमा भूकम्पको महाविपत्ति परेको भन्दै सहयोगका लागि आग्रह गरेका थिए ।
उनले आफ्नो ब्लगमा लेखेका छन् ‘कतिपय मान्छेहरुले भनेका छन् ‘छुद्र टिप्पणी गर्नेहरुको मन तुच्छ विचारले भरिएको हुन्छ । तर, त्यस्ता विचार राख्नेहरुलाई बेलैमा ठेगान लगाउनु पर्छ ।’
दुई दिन अघि मात्रै उनले भूकम्प पीडितलाई सहयोग गर्न आग्रह गर्दै उनले भारतीय चलचित्रप्रति नेपाली नागरिकले प्रेम गरेको उल्लेख गरेका थिए । साथै उनले आफ्नो पहिलो विदेश भ्रमण नेपाल भएको बताएका थिए ।
प्रतिक्रिया 4