Comments Add Comment

नेपालीको दुःखमा हाँस्न सक्दैनन् विदेशी

donetion barsa-1वसन्त रानाभाट/ प्रकाश ढकाल

बार्सिलोना । रेष्टुरेन्टमा काम गर्नको लागि निस्कने समयमा नेपालकोबारेमा सुनेको दुखद खबरले एक छिन मात्र होइन, पुरा दिन अत्याईरह्यो। दुई पटक सम्म नेपाल पुगेकी ४१ वर्षीय ईसाबेल फर्नान्डेजले सोहि दिन आफूले धेरै पटक काठमाडौं, भक्तपुर, ललितपुर र पोखरालाई सँम्झिएको बताउँछिन्।

“मैले खबर सुने तर अवस्था सामान्य होला भन्ने सोचे, तर अप्रिल २५ को एकैछिनले भयानक बनाईसकेको रहेछ, जुन मैले कल्पना समेत गरेकी थिईन तर समाचार हेर्दै जाँदा हजारौको ज्यान गयो, हजारौ घाईते, लाखौ सडकमा, स्तब्ध बनायो।” उनी बताउँछिन् ।

बार्सिलोनाको केन्द्रबिन्दु कातलोनिया भन्दा करिब ३५ किलोमिटर टाढा पोखराकै सराङ्कोट जस्तै लाग्ने सान्खुगात फ्लोरिस्ता भन्ने ठाउँमा अनलाईनखबरकर्मी पुग्दा ईसाबेल नेपाल लेखेको कालो टिसर्ट लगाएर नै रेष्टुरेन्टमा काम गरिरहेकी थिईन्। टिसर्टबारे जिज्ञासा राख्दा उनि भन्छिन्,” यो टिसर्ट ठमेलबाट किनेकी हुँ,कहिँलेकाहिँ लगाउँथे, अहिले नेपाल दुखेको बेला मलाई पनि पीडा भएको छ, त्यसैले सधैँ लगाउने गरेकी छु। धेरै साथीहरुले सोध्छन् जानेको बताउँछु, धेरै थोरै सहयोग गरिरहेका छन्।”

दिनहुँजसो टेलिभिजन हेर्दा पालको ओत लागेका, खानाको लागि लाईनमा बसेका अझ बालबच्चाहरुको पीडालाई स्क्रिनमा देख्दा मन थाम्न नसकेको भावना पोखिन् ईसाबेलले। गहभरी आँशु बनाउदै उनले भनिन्, मैले गरेको सहयोगले त यो बेलामा पर्याप्त हुदैन होला तर रेष्टुरेन्टमा हुने वर्ल्ड म्युजिक कार्यक्रमबाट उठेको रकम नेपालका भूकम्पपीडितहरुलाई सहयोग गर्न चाहन्छु।”

donetion barsa-2ईसाबेलले चलाउदै आएको फ्लोरेस्ता रेष्टुरेन्टमा स्थानीय कलाकारहरुले गित संगीत प्रस्तुत गर्दै आउने गरेका छन्। रेष्टुरेन्टमा पुग्ने ग्राहकहरुले खुशी हुदै दिएको रकमलाई जम्मा गरेर उनले भूकम्प पीडितहरुलाई सहयोग गर्ने योजना बनाएकी हुन्।

५५ बर्षिय स्पेनिस कातालान नागरिक अल्फोन्स सान्चेसका पनि थुप्रै नेपाली साथीहरु छन्। चर्चित गायक राजु लामा, मुक्ति शाक्य, तेन्जींङ्ग छोक्यालको नाम प्रष्ट उच्चारण गरे भने अन्यको नाम लिने क्रममा अलिकति रोकिए।

स्पेनमा नै दशक भन्दा बढी समयदेखि बस्दै आएका दाबा रिसिङ् श्रेष्ठ मार्फत थुप्रै नेपालीहरु संगत गरेको उनी बताउँछन्।

भूकम्पको खबरले आँफूलाई झस्काएको सम्झना गर्दै भने”धेरै साथीहरुसँग ईन्टरनेटमा नै भेट हुन्थ्यो, घटनापछि सबैसँग सम्पर्कको कोशिस गरे, बार्सिलोनामा त अझ धेरै नेपाली साथीहरु छन्, घर परिवारबारे हालखबर बुझ्न फोन गरे’ सान्चेसले बताए।

नेपालीप्रति धेरै नै भावानात्मक नजिक बनिसकेका सान्चेसलाई यो दुखको बेला नेपाल जान मन लागेको बताएका छन्। उनले भने,”अहिले नै उढी हाल्न त सकिन तर जति सक्दो छिटो नेपाल पुग्नेछु ।” नेपालको अहिले जस्तो अवस्था भए पनि माया मनमा नै छ, हामी सधैँ गई रहने छौ।”

सधैँजसो स्पेनिस कलाकारहरुले गाउदै आउने कार्यक्रम भए पनि यो पालि ईसाबेल र सान्चेसकै आमन्त्रणमा नेपाली कलाकारहरु सान्खुगात पुगेका थिए। “नेपालका लागि समर्थन र प्रार्थना” भन्ने अर्थ खुल्ने तर स्पेनिस भाषामा लेखिएका सेता टिसर्टहरु साथमा ढाका टोपी लगाएर जाँदा सबै विदेशीहरुले “नेपाल नेपाल” भन्दै स्वागत गरेका थिए।

ईनास ब्याण्ड स्पेनका कलाकारहरुले प्रस्तुती सकेर बिदाई हुँदा पनि स्पेनिसहरुले एकै स्वरमा ‘नेपाल” नै भन्दै बिदा गरे। नेपाली कलाकारहरुले मनोरन्जनका लागि नभई समर्थनका लागि दिएको “अवाज” सार्थक बन्यो।

भूकम्पले क्षतविक्षत भएर दुखेको घाउमा बिदेशीले लगाएको मलमले प्रवासमा रहेर कैयौ आफन्त गुमाउनुको पीडा सहेर छ्ट्पटिएका नेपालीहरुलाई केही सान्त्वना भने अवश्य नै मिलेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment