+
+
Shares

सलमान विश्वकै हिरोः रणबिर

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २५ गते ९:०२

Ranabir

मुम्बई । ‘हिट एण्ड रन’ को मामलामा अभिनेता सलमान खानलाई अदालतले ५ वर्ष जेल सजाय सुनाएपछि उनको विषयमा टिप्पणी गर्नेहरु बढेका छन् ।

अपराधिक काम गरेर जेल गएका सलमानका वारेमा केही कलाकारले लाजै पचाएर ‘सार्‍है राम्रो मान्छे’ भनिरहेको बेला अभिनेत्री दीपिका पादुकोणले भने अदालतको मामिला भन्दै कुनै टिप्पणी नगर्ने बताईन् ।

‘यो अदालतको मामला हो म केही बोल्दिन, भन्नै पर्‍यो भने फोन गरेरै भनौला ।’ यति मात्रै भनिन् उनले । उनका पूर्वप्रेमी रणबीर कपुरले भने सलमानलाई केही वर्षदेखि चिनेको भन्दै उनलाई महान ब्यक्तित्व भने ।

‘उनलाई म धेरै पहिलादेखि चिन्छु । धेरैलाई सहयोग गरेका छन् उनले । उनीवाट समाजका धेरै मान्छे प्रभावित छन् ।’ रणबीरको भनाई थियो ।

सलमान विश्वकै हिरो भएको भन्दै रणबीरले अदालतका विषयमा भने कुनै टिप्पणी नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?