+
+

सलमानले भनेः मेरो समर्थन गर्नेलाई धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २६ गते ११:१८

Salman Khanमुम्बई । ‘हिट एण्ड रन’ को मामलामा अभिनेता सलमान खानलाई मुम्बईको उच्च न्यायलयले पाँच वर्ष जेल बस्न नपर्ने निर्णय गरेपछि सलमानले राहतको अनुभुति गरेका छन् ।

साथै उनले ट्वीटर मार्फत आफ्ना प्रसंसकलाई धन्यवाद दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन् ‘जसले मेरो लागि रिहाइको माग गर्दै मेरो समर्थन गर्नु भयो उहाँहरुप्रति धन्यवाद ।’

बुधवार मुम्बईको सेसन कोर्टले सलमानलाई ५ वर्षको जेल सजाय सुनाएको थियो । तर, तत्काल सलमानका वकिलले उच्च न्यायालयमा यो फैशला रोक्न र जमानत दिनका लागि अपिल गरेका थिए ।

उच्च न्यायालयले सेसन कोर्टले ५ वर्षका लागि सुनाएको सजायँ तत्काल कार्यार्न्वयन नगर्ने फैशला गरेको छ ।

salman-twit

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?