Comments Add Comment

मलेसियाका पानासोनिकका श्रमिकद्वारा भूकम्प पीडितलाई सहयोग

रामचन्द्र नेपाल

क्वालालम्पुर । मलेसियायाको शाहआलम सेक्सन १६ मा रहेको पानासोनिक कम्पनीमा कार्यरत अगुवा नेपाली श्रमिकहरुले २ लाख ५२ हजार रुपैयाँ राहत रकम संकलन गरेका छन् ।
संकलित रकम नेपाली दूतावास क्वालालम्पुरमार्फत भूकम्प पीडितहरुले पाउने गरी दूतावासमा हस्तान्तरण गरेका छन् ।

panasonicराहत रकम वुझ्दै मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमान सिं वस्न्यातले आफूले तत्कालै राहत रकम नेपाल पठाउने वताए ।

नेपालीश्रमिकसँगै म्यानमार, इण्डोनेसिया तथा स्थानीय मलेसियन नागरीकहरुसँग राहत रकम संकलन गरिएको थियो ।

रकम संकलनमा प्रकाश राई, खग्रेन्द्रप्रसाद भट्टराई, ईश्वरी मगर, चिन्तामणि त्रिताल, पवन खड्का, राजेश शाह, उमा सुनुवार, यमुना राना, जमिला राई, डम्वरवहादुर राई, नारायण लिम्वु लगायत लागेका थिए ।

पानासोनिकमाकार्यरत नेपालीहरुले यस अघिपनि यस्तै रचनात्मककार्यहरु गर्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment