३० वैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको क्षेत्र नं ३ अन्तर्गत १७ गाविस र एक नगरपालिकामा वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी अभिभावक गुमाएका बालबालिकालाई गैर सरकारी संस्था महासङ्घले शिक्षा र पालनपोषणको जिम्मा लिने भएको छ ।
अभिभावक गुमाएर टुहुरा बनेका सो क्षेत्रका बालबालिकालाई शिक्षा र पालनपोषणलगायतमा सहयोग गर्ने संस्थाका महासचिव मनोज कँडेलले जानकारी दिए ।
संस्थाले अहिले सो क्षेत्रमा टुहुरा बालबालिकाको सङ्ख्या कति छ भनेर पहिचान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4