+
+
Shares

मंगलबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या ६५ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ३० गते ९:४७

earth quake (8)

३० वैशाख, काठमाडौँ । मङ्गलबार दिउँसो गएको शक्तिशाली पराकम्पनका कारण मृत्यु हुनेको सङ्ख्या ६५ पुगेको छ । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार भूकम्पबाट एक हजार नाैं सय २६ जना घाइते भएका छन् ।

भूकम्पबाट अतिप्रभावित दोलखा, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गरिएको छ ।

कूल मृतकको संख्या ८ हजार दुर्इ सय १६ पुग्यो 

भूकम्पमा परी ज्यान गुमाउने नेपालीको संख्या अाठ हजार दुर्इसय १६ पुगेको छ । यसअघि वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी आठ हजार एक सय ५१ जनाले ज्यान गुमाएका छन् ।

भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ८, पुर्व क्षेत्रमा २, मध्य क्षेत्रमा ५४ र पश्चिम क्षेत्रमा १ जना रहेका छन् । त्यस्तै घाइते हुनेहरुमा उपत्यकामा एक हजार दुर्इ सय ११, पुर्व क्षेत्रमा ५२, मध्य क्षेत्रमा पाँच सय ७४, पश्चिम क्षेत्रमा ८१ र मध्य पश्चिम क्षेत्रमा ८ जना रहेका छन् ।

साथै भुकम्पमा परी घाइते भएका नेपाली सेना ६, नेपाल प्रहरी ५३ र सशस्त्र प्रहरी १२ गरी जम्मा ७१ जनाको संख्यासमेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै उक्त भूकम्पबाट ५ पूर्णरुपमा र ३६ आंशिक रुपमा गरी जम्मा ४१ भौतिक संरचनामा क्षति पुगेको छ ।

यसैगरी वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या अाठ हजार एक सय ५४ जनाको ज्यान गुमेको छ भने १७ हजार अाठ सय ६४ जना घाइते भएका छन् ।

भुकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा एक हजार सात सय दुर्इ रहेको छ । पुर्व क्षेत्रमा ५३, मध्य क्षेत्रमा पाँच हजार ९ सय ७८, पश्चिम क्षेत्रमा चार सय १९ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १० हजार सात सय ७०, पुर्व क्षेत्रमा तीन सय २५, मध्य क्षेत्रमा पाँच हजार पाँच सय ४७, पश्चिम क्षेत्रमा एक हजार एक सय ९८, मध्य पश्चिम क्षेत्रमा २२ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् ।

साथै उक्त विनाशकारी भुकम्पमा ज्यान गुमाएका नेपाल प्रहरी ६, नेपाली सेना ९, सशस्त्र प्रहरी १, निजामती कर्मचारी ११ र बिदेशी नागरिक ७० जना तथा घाइते भएका नेपाल प्रहरी एक सय ४०, सशस्त्र प्रहरी २१ र बिदेशी पर्यटक ५० जनाको संख्या समेत उपरोक्त संख्यामै समाबेश गरिएको छ । यसैगरी हालसम्म नेपाली नागरिक दुर्इ सय ७० र विदेशी नागरिक एक सय १२ जना बेपत्ता रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?