Comments Add Comment

जंगलमा फेरिन थाले झापा र मोरङका शरणार्थी शिविर

२ जेठ, मोरङ । भूटानी शरणार्थीहरुको चापले एक समय झापा र मोरङका शरणार्थी शिविरमा निकै ठूलो चहल-पहल देखिन्थ्यो । अहिले शरणार्थी यी शिविरहरु अमेरिका क्यानडा लगायतका देशमा पुगिसकेका छन् ।

 झापाको गरामनीस्थित भुटानी शरणार्थी शिविरमा वृक्षारोपण गर्न उमारिएका बिरुवा र बिउ उमार्ने तयारी गरिँदै ।
झापाको गरामनीस्थित भुटानी शरणार्थी शिविरमा वृक्षारोपण गर्न उमारिएका बिरुवा र बिउ उमार्ने तयारी गरिँदै ।

झापा र मोरङका यी शिविरहरु अहिले सुनसान छन् । शिविर क्षेत्रमा रुख रोपेर यसलाई जंगलमा रुपान्तरण गर्ने तयारी भइरहेको छ ।
झापाको बेलडाँगी, गोलधाप र खुदुनाबारीका शिविरहरुमा करिब १ लाख भूटानी शरणार्थीहरुको बसोबास थियो । मोरङको पथरीमा १५ हजार बढी शरणार्थीहरु थिए ।

सन् १९९१ मा भारतको भूमि हुँदै नेपाल पसेका शरणार्थीहरुलाई भुटान फर्काउन नेपाल सरकारले पटक-पकट भुटानसँग वार्ता गर्‍यो । तर, उनीहरुलाई स्वदेश फर्काउन भुटान सरकार तयार भएन । त्यसपछि करिब ८० प्रतिशतभन्दा बढी शरणार्थीहरु अमेरिका लगायतका तेस्रो मुलुकमा सारिएका छन् ।

झापाको बेलडाँगी शिविरभित्र हुर्कंदै गरेको वनमा एक शरणार्थी
झापाको बेलडाँगी शिविरभित्र हुर्कंदै गरेको वनमा एक शरणार्थी

अहिले सीमित संख्यामा मात्रै शिविरमा शरणार्थीहरु बसोबास गरिरहेका छन्, जसले गर्दा शिविर प्रायः खाली देखिन्छन् ।

शरणार्थी शिविरहरुमा बाँसले बारेर माटो छापिएका आकर्षक छाप्रा बनाइएका छन् । खरले छाएका यी घरहरु बाक्लै रहेकाले एक समय यहाँ शहरमा जस्तै चहल-पहल देखिन्थ्यो । जंगलको छेउमा रहेका बस्तीहरुमा मानिसहरुको निकै ठूलो भीड लाग्थ्यो । झापाका बिर्तामोड, दमक र मोरङ पथरी बजार शरणार्थीका कारण आर्थिक हिसाबले पनि फस्टाएका थिए । छेऊछाऊका वस्तीमा श्रम बजार निकै फस्टाएको थियो । तर, अहिले झापा र मोरङमा यो चहल-पहल लगभग सकिएको छ ।

Morang-sibir-6
पथरी-शनिश्चरेमा अवस्थित सुनसान शिविर

खाली रहेका शिविरहरुमा यतिबेला रुख रोप्ने र जंगलको विकास गर्ने तयारी भइरहेको छ । यी शिविरहरु प्रायः जंगलसँग जोडिएकाले यसलाई सामुदायिक वनमा परिणत गर्न लागिएको हो ।

यसैवीच भूकम्पबाट विस्तापित भएका नेपालीहरुलाई अस्थायी बसोबासका रुपमा यी शिविरहरुलाई प्रयोग गर्न सकिने झापाका सभासद केशव बूढाथोकीले नयाँ बहस सुरु गरेका छन् ।

झापाको गोलधापमा शिविरमा बढ्दै गरेको वनमा घाँस काट्दै स्थानीयबासी
झापाको गोलधापमा शिविरमा बढ्दै गरेको वनमा घाँस काट्दै स्थानीयबासी
शिविरमा रहेको खानेपानीको धारा
शिविरमा रहेको खानेपानीको धारा
पथरी शिविरको प्रवेशद्वार
पथरी शिविरको प्रवेशद्वार
शिविरको छानामा लगाइएको त्रिपाल थोत्रिएको दृश्य
शिविरको छानामा लगाइएको त्रिपाल थोत्रिएको दृश्य

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment