Comments Add Comment

एनटीए, खेलाडी संघ र महर्जनद्वारा राहत वितरण

३ जेठ, काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए), नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले काभ्रे र सिन्धुपाल्चोकका भूकम्प पीडितलाई राहत सामाग्री प्रदान गरेको छ ।

काभ्रेको श्यामपाटीका २० घरधुरीलाई १० बोरा चामल र २० थान पाल स्थानिय हरिशरण थापालाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी प्रदान गरिएको थियो । त्यस्तै काभ्रकै ढुंखर्कका १५ घरधुरीलाई ८ बोरा चामल र १५ थान पाल हातेमालो युवा समाजका अध्यक्ष विनोद तिमल्सिनालाई पीडितलाई बुझाउने गरी हस्तान्तरण गरियो ।

त्यस्तै सिन्धुपाल्चोकको भोटसिपा गाविसको वार्ड नं. ५ र ६ का भूकम्प पीडित ८० घरधुरीलाई पाल ५० थान, चामल ४० बोरा, तेल र नुन समान ८० प्याकेट तथा दाल ४० केजी प्रदान गरिएको थियो ।

पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन, खेलाडी संघका अध्यक्ष दीपक विष्ट र महासचिव दीपक श्रेष्ठ, एनटीएका अध्यक्ष अशोक खड्का, आठौं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी रवि महर्जन, तेक्वान्दो राष्ट्रिय खेलाडी रोहित तामाङ, मिसेस रजनी थापालगायतले राहत वितरण गरेका थिए ।

हङकङमा रहेका पूर्व तेक्वान्दो खेलाडी रिना शेरचन, अमेरिकामा रहेका कराते खेलाडी उज्ज्वल ठकुरी, आस्ट्रेलियामा रहेका ललित मल्ल, विश्वास भट्ट, सुवास पाण्डे, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेल, व्यवसायी निराजन सिंहलगायतले राहतका लागि सहयोग गरेको बताइएको छ ।

सबै मिलाएर करिब २ लाख मूल्य बराबरको राहत वितरण गरिएको खड्काले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment