Comments Add Comment

अग्ला घर भत्काउन विदेशी प्राविधिक मगाइँदै

Building collapsed After Eatrh Quake  (7)

४ जेठ, काठमाडौं । विनाशकारी भूकम्पबाट क्षति पुगेका अग्ला घर भत्काउन विदेशी प्राविधिक टोली मगाउने गृहकार्य भएको छ ।

उपत्यकालगायत विभिन्न जिल्लामा क्षतिग्रस्त भएका तीन तलाभन्दा अग्ला घर व्यवस्थित रुपमा हटाउन टोली मगाउन लागिएको हो ।

भूकम्पका कारण जोखिम भएका काठमाडौंका करिब तीन सय, ललितपुरका एक सय र भक्तपुरमा ६० वटा रहेको नयाँ पत्रिकामा खबर छ ।

तीन तलाभन्दा माथिका भवन भत्काउन साधनसहित प्राविधिक टोली अमेरिका, जापान, चीन, इजरायललगायतका देशबाट टोली मगाउन गृहमन्त्रालयले गृहकार्य सुरु गरेको छ ।

गृहमन्त्रालयमा गृहसचिव सूर्य सिलवालको संयोजकत्वमा आइतबार बसेको विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा अधिकारीसहितको बैठकले तलाभन्दा माथिका भवन भत्काउन प्राविधिक टोली र केमिकललगायतका सामग्री विभिन्न देशबाट मगाउने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment