Comments Add Comment

देशैभर अण्डाको भाउ घट्यो, प्रतिगोटा ८ रुपैयाँ मात्रै

egg

५ जेठ, काठमाडौ । भूकम्पपीडितलाई लक्षित गरी अण्डाको मूल्य घटाएको छ । पालमुनी बस्न बाध्य नेपालीको पोषण सुरक्षालाई मध्यनजर गरी खुद्रामूल्य प्रतिगोटा ८ रुपैयाँ कायम गरिएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । यो मूल्य उत्पादकको लागतभन्दा पनि कम हो ।
संघले आपतको घडीमा सामाजिक उत्तरदायित्व बहन गर्दै उपभोक्ताका लागि सोमबारबाट लागू हुने गरी तत्कालिन मूल्यभन्दा प्रतिगोटा २ देखि ३ रुपैयाँ घटाएको कारोबार दैनिकमा खबर छ । यसअघि खुद्रा ब्यापारीले १० देखि १२ रुपैयाँसम्ममा अण्डा बिक्री गर्दै आएका थिए ।

हवाई ढुवानीमा पर्ने क्षेत्रबाहेक नेपालभर नै यो मूल्य लागू गरिएको संघ अध्यक्ष शिवराम केसीले बताए । राहतको नाममा ‘जंक फुड’ मात्र प्रयोग भइरहेको सन्दर्भमा पौष्टिक आहारको भरपर्दो स्रोत मानिने अण्डा उपभोगमा जोडदिनुपर्ने केसी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment