+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जस्ता काण्डबारे छानविन गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १७ गते १९:२२

Nuwakot-ma-Rajah-ko-Jasta-bikri-1

१७ जेठ, नुवोकाट । जिल्ला दैवी प्रकोप उद्धार समिति, नुवाकोटले जस्ता काण्डबारे छानविन गरी दोषीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

राहतका लागि आएको जस्ता अर्थमन्त्री डा. रामशरण महतका पीए एवं का्रंग्रेस जिल्ला सचिव रमेश महतले बिक्री गर्न खोजेको आरोप लागेको छ ।

आइतबार बसेको उद्धार समितिको बैठकमा दलका नेताहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । उनीहरुले नैतिकताका आधारमा अर्थमन्त्री महतले समेत राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

बैठकमा उपस्थित कांग्रेस जिल्ला सचिव लक्ष्मण श्रेष्ठले यो प्रकरणमा पार्टी नभई व्यक्तिसँग जोडिएको भन्दै छानविनमा सहयोग गर्ने बताएका छन् ।

बैठकमा परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसमेत उपस्थित थिए । एमाले नेता समेत रहेका पाण्डेले मन्त्री हुँदैमा कसैले पनि राहतको जस्ता लगेर घर बनाउन र बेच्न नपाइने भन्दै नडराई छानविन गर्न आग्रह गरेका छन् ।

बैठकले घटनाबारे स्थानीय प्रहरीले छानविन गर्ने र जिल्ला प्रशासन कार्यालयको क्षेत्राधिकारमा परे स्थानीय स्तरमै कारबाही गर्ने र नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?