Comments Add Comment

एम्बुलेन्सका पार्टपुर्जा चोरेर भाग्ने पक्राउ

२६ जेठ, तेह्रथुम । तेह्रथुमबाट एम्बुलेन्सका पार्टपुर्जा चोरेर भाग्दै गरेका व्यक्ति धनकुटामा पक्राउ परेका छन् ।

सदरमुकाम म्याङलुङ्गस्थित कोष तथा लेखा नियन्त्रण कार्यालय परिसरमा रहेको एम्बुलेन्सकोे पार्टपुर्जा चोरेर भागेका सुनसरीको धरान-१७ बस्ने दिनेश विकलाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ परेका विकसहित दुई जनाले रातभर लगाएर एम्बुलेन्सका झन्डै ६ लाख रुपैयाँभन्दा बढी पर्ने पार्टपुर्जाहरु चोरेर भागेको प्रहरी निरिक्षक अनिल पौडेलले जानकारी दिए । चोरीमा संलग्न अन्य एक जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटाको सिधुवामा गाडीका सामानसहित पक्राउ परेका विकलाई सोमबार नै जिल्ला प्रहरी कार्यालय तेह्रथुमको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटी तेह्रथुम शाखाको सो एम्बुलेन्स केही वर्ष यता प्रयोगविहीन अवस्थामा थियो ।  घटना बारे थप अनुसन्धान गरी पक्राउ परेका विकलाई चोरी विरुद्धको मुद्धा चलाईने प्रहरीले जनाएको छ ।
 प्रकाश धौलाकोटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment