Comments Add Comment

सिराहामा अज्ञात रोगबाट ४ को मृत्यु

२६ जेठ, सिराहा । सिराहाको चन्द्रअयोध्यापुर-६ मा अज्ञात रोगका कारण एकैदिनमा ४ जनाको मृत्यु भएको छ । गाउँमा अरु ७-८ जना विरामी छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैया र जिल्ला स्वास्थ्य कार्यालयबाट उपचारको लागि स्वास्यकर्मीको टोली मंगलबार प्रभावित गाउँमा पुगेको छ ।

स्थानीयमा वाक वाक लाग्ने लक्षण देखिने र बेहोस भएर मृत्यु हुने गरेको प्रहरीले जनाएको छ । यस्तो लक्षणबाट चन्द्रअयोध्यापुर-६ बस्ने ३२ वर्षीय जिवासी सदाको सोमबार मृत्यु भएको थियो । सुरुमा वाक वाक आउने लक्षण देखा परी बेहोस भएका उनको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोमबारै सोही ठाउँ बस्ने ६५ वर्षीय गर्भा सदा, ३५ वर्षीय तुलवा सदा समेत सोही लक्षण देखा परेर बेहोस भएकोले मिर्चैया क्लिनिकमा उपचार गर्न लगिएकोमा मृत्यु भएको थियो ।

मृतकहरुको शव हेर्न आएकी लहान नगरपालिका-२ बस्ने ५० वर्षीया कोशिला सदाको समेत सोही लक्षण देखा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment