+
+

एम्नेस्टीका आठ पदाधिकारीबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते १५:४७

३१ जेठ,काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलको अन्तर्राष्ट्रिय सचिवालयले पछिल्लो समयमा नेपालमा भएका घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदा पनि केही प्रतिक्रिया नदिएको भन्दै उक्त संस्थाको नेपाल शाखाका आठ पदाधिकारीले राजीनामा दिएका छन् ।

Amnesty Internationalउक्त सचिवालयलाई न्यायका लागि अनशनरत नन्दप्रसाद अधिकारीको मृत्युमा लिएको मौनता, सशस्त्र विद्रोहको आह्वान गर्ने सिके राउतको रिहाइका लागि व्यक्त गरेको चासो र त्यसपछिका विज्ञप्ति तथा सार्वजनिक सोचले उक्त संस्थाको छवि नेपालमा नकारात्मक रुपले पर्न गएको, यसबाट नेपाल शाखाको भविष्य र सदस्यको सुरक्षामा आघात परेको जानकारी गराइएको थियो ।

यी जानकारी गराउँदा पनि सचिवालयले प्रतिक्रिया नजनाएकाले आफूहरुले असहमति प्रकट गरिसकेपछि राष्ट्रिय कार्यसमितिमा रहनु उपयुक्त नहुने ती पदाधिकारीले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

राजीनामा दिनेहरूमा उपाध्यक्ष प्रताप पौडेल, महासचिव डिकप्रसाद घिमिरे, कोषाध्यक्ष प्रवीण अग्रवाल तथा सदस्यहरू अर्जुन अधिकारी, पद्ममनी थापा, मञ्जुदेवी अर्याल, शेषकुमार निरौला र हेरम्ब देव भट्टराई छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?