+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

२२ बर्षपछि सरोज र मिथिला एकसाथ(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ असार ८ गते ९:४०

Saroj Khanal & Mithila Sharma (6)
चलचित्र ‘दिदी’मा दिदीको भुमिकामा थिईन् मिथिला शर्मा र भाईको भुमिकामा थिए सरोज खनाल ।

चलचित्रमा दिदीभाई विच लामो समयसम्म भेट हुन नसकेको प्रसंग पनि थियो । उक्त दृष्यको सुटिङ गर्दै गर्दा मिथिलाले कहिल्यै सोचेकी थिईनन् सिनेमामा भाई बनेका सरोजसँग भेट हुन दुई दशक कुर्नु पर्ला । तर, भयो त्यस्तै ।

क्यान्सरसँग सम्बन्धित गीतको सुटिङमा दिदी भाई बनेर प्रस्तुत भएका सरोज र मिथीला दुबैले हिसाब गरे- रिल लाईफमा दिदी भाई बनेको कति भयो भन्दै ।Saroj Khanal & Mithila Sharma (1) Saroj Khanal & Mithila Sharma (9) Saroj Khanal & Mithila Sharma (13)‘ठ्याक्कै २२ वर्ष पूरा भएछ मिथिला शर्माले अनलाइनखबरसँग भनिन् । सरोज खनाललाई रियलमा पनि भाईजस्तै मान्ने मिथिलाले लामो समयपछि सँगै काम गर्न पाउँदा माईतीवाट न्यास्रीएकी चेलीले माईतीलाई भेटेजस्तै भएको बताईन् । त्यसो त सरोजले पनि दिदी नै भेटेको अनुभव गरे ।

सराेज अाेलीकाे निर्देशनमा तयार भएकाे भिडियाेमा स्मिता दाहाल र राजेशपायल राइकाे स्वर छ ।

सरोज अमेरिका गएपछि मिथिला र सरोजले एउटै फ्रेममा काम गर्न पाएका थिएनन् । तर, सरोज नेपाल आएको बेला मिथिलासँग सम्पर्क चाँही गर्थे । ‘सामान्य भेटघाट भए पनि यसरी काम गर्न पाएका थिएनौं ।’ उनले भनिन् ।

‘म मर्न हैन, गर्न आएको’ भन्ने सरोज खनाललाई नेपाल आएको साता नबित्दै विभिन्न म्युजिक भिडियो, विज्ञापन र फिल्मवाट प्रस्ताव आउन सुरु गरेको छ ।Saroj Khanal & Mithila Sharma (4) Saroj Khanal & Mithila Sharma (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?