Comments Add Comment

जापानबाट १४ लाख राहत लिएर आएका भण्डारी हराएपछि….

japan ma

१० असार, काठमाडौ । जापानको चिवाकेन सहरमा बस्ने नेपाली विद्यार्थीहरुको पहलमा भूकम्पपीडितका लागि संकलन गरिएको १४ लाख रुपैयाँको पोको बोकेर नेपाल आएका एक युवकले गरेको भ्रष्टाचारको प्रयास अन्ततः असफल भयो ।

चिवाकेनमा बस्ने नेपालीहरुले ‘चिवा बस्ने नेपाली तथा विद्यार्थी राहत संकलन समिति’ गठन गरी जापानका विभिन्न सहरहरुमा रकम संकलन गरेका थिए । विभिन्न ठाउँबाट उनीहरुले जापानी येन १८ लाख ३६ हजार अर्थात नेपाली १४ लाख ८७ हजार ५ सय २७ रुपैयाँ जुटाएका थिए ।

भूकम्पपीडितका लागि संकलन गरिएको रकम माइती नेपालको समन्वयमा अतिआवश्यक विद्यालयको पुनर्निर्माणमा लगाउने निर्णय गरी उनीहरुले समितिका संयोजक विवेक भण्डारीलाई रकम दिएर नेपाल पठाएका थिए ।

तर, भण्डारीले माइती नेपालसँग समन्वय नै नगरी सिन्धुपाल्चोकको राम्चे-६ स्थित आफ्नै गाउँमा रहेको सरस्वती माविमा उक्त सहयोग पुर्‍याएको थाहा पाएपछि पीडितका लागि विदेशमा बगाएको पसीनाको मूल्य खेर जान नदिन भन्दै समितिका सदस्य विजय न्यौपाने आफ्नै खर्चमा नेपाल आए ।

आफूहरुले पठाएको रकममा घोटाला हुने आशंकामा नेपाल आएका न्यौपाने विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक पुगे । टहरा बनाउनुअघि विद्यालयसँगको सम्झौतापत्र तथा निर्माणपछिको धन्यवाद ज्ञापनमा भण्डारी परिवारको पहलमा सहयोग पाएको विद्यालयले उल्लेख गरेपछि न्यौपानेमा चिसो पस्यो ।

agriment-thanksविद्यालयसँगको सम्झौतापत्र र धन्यवाद ज्ञापन

तत्कालै न्यौपानेले जापानमा राहतमा जुटाउने विद्यार्थीहरुसँग सल्लाह गरी शिक्षा मन्त्रालयमा राहत छानविनका लागि उजुरी दिए । शिक्षा मन्त्रालयले उक्त उजुरी तत्काल गृहमन्त्रालयमा पठाइदियो ।

विभिन्न ठाउँहरुमा राहतमा घोटाला भएको चर्चा चलिरहेका बेला विदेशमा नेपालीहरुले जुटाएको रकममा अनियमितता भएको उजुरी परेपछि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई कारवाहीका लागि तोक लगाइदियो । गृहमन्त्रालयले तोक लगाएको पत्र बोकेर न्यौपानेले फेरि सिन्धुपाल्चोक पुगेर सिडियो कार्यालयमा उजुरी दर्ता गराए ।
application

जिल्ला प्रशासनमा बुझाएको निवेदन

आफूसहित संकलन गरेको राहत रकम आफ्नै विद्यालयमा लगाएर सहयोग गरेजस्तो पनि देखिने र बाँकी रकम आफैंले कुम्ल्याउने दाउमा गरेका भण्डारी छानविनमा फसिने डरले विद्यालयको आय व्यय सच्याउन र बाँकी रकम प्रधानमन्त्री राहत कोषमा बुझाउन तयार भए ।
भण्डारीले बाँकी रकम फिर्ता गर्न तयार भएपछि उनीविरुद्ध दायर उजुरी फिर्ता लिने निश्कर्षमा आफूहरु पुगेको न्यौपानेले अनलाइनखबरलाई बताए ।
pm relefजापानबाट आएको १४ लाखमध्ये विद्यालयले बनाएको ९ लाख ४६ हजार २ सय ३१ रुपैयाँको खर्च विवरणलाई सच्चाउँदै ६ लाख ६० हजार ७ सय ४९ कायम गरी बाँकी रहेको ८ लाख ८६ हजार ७ सय ८० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको न्यौपानले जानकारी दिए ।

विदेशमा पसीना बगाएर कमाएको पैसा भूकम्पपीडितका लागि संकलन गरी पठाएको रकम हिनामिना हुनबाट जोगिएपछि भने विद्यार्थीहरु पनि खुशी देखिएको न्यौपानेले बताए ।

अनियमिता गर्न लागेको आरोप लागेका विवक भण्डारीले समयमा विल पेश गर्न नसक्नु आफ्नो कमजोरी भएको स्वकिार गरे । तर, रकम हिनामिनाको आरोप लगत भएको उनको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment