Comments Add Comment

खेलकुदमा २ अर्ब ७ करोड, प्राथमिकतामा क्रिकेट

Ramsharan-Mahat,-Minister-o

२९ असार, काठमाडौं । सरकारले खेलकुद क्षेत्रको विकासका लागि २ अर्ब सात करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको बजेटमा क्रिकेट खेललाई विशेष महत्व दिइएको छ ।

देशका मुख्य शहरहरुमा क्रिकेट मैदान निर्माण गर्न २१ करोड रुपैयाँ विनियोजन गरेको छ । धनगढीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण गरिने बजेट भाषणमा उल्लेख छ । क्रिकेटमा नेपालले प्राप्त गरेको सफलता र युवाको आकर्षण रहेको भन्दै काठमाडौं बाहिरका मुख्य शहरमा क्रिकेट मैदान बनाउने घोषणा गरिएको हो ।

यसैगरी आगामी आर्थिक वर्षमा सातौं राष्ट्रिय खेलकुद आयोजना गरिने बजेट भाषणमा उल्लेख छ । खेलाडीको बीमा गर्ने व्यवस्थालाई अघि बढाउने भन्दै अर्थमन्त्री डा. महतले स्तरीय खेल प्रशिक्षण र अभ्यासका लागि मुख्य सहरहरुमा कभर्डहल निर्माण गर्ने कार्यलाई निरन्तरता दिने उल्लेख गरेका छन् । खेलकुदको सन्तुलित विकासका लागि एक निर्वाचन क्षेत्र, एक खेल मैदान निर्माण कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।

विद्यालयस्तरदेखि नै खेलकुदको विकासका लागि ४ हजार सामुदायिक विद्यालयहरुका लागि रु १० हजारका दरले खेल सामग्री उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment