Comments Add Comment

आफै भाँडा माझ्छन् बिल गेट्स, यी हुन् गेट्सका ९ रोचक तथ्य

NEW YORK, NY - SEPTEMBER 24:  Bill Gates, chairman and founder of Microsoft Corp., listens during the Clinton Global Initiative (CGI) meeting on September 24, 2013 in New York City. Timed to coincide with the United Nations General Assembly, CGI brings together heads of state, CEOs, philanthropists and others to help find solutions to the world's major problems.  (Photo by Ramin Talaie/Getty Images)

विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्स धेरैका लागि कथा, किम्वदन्ती तथा कल्पनाका पात्र समेत हुन् । जिवनमा उद्यम गर्ने तथा मनग्गे धन कमाउन चाहने युवाहरुका लागि प्रेरणाका श्रोत पनि हुन् भन्दा फरक नपर्ला । २० वर्षको उमेरमा स्थापना गरेको एउटा कम्पनीकै माध्यमबाट विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल बिल गेट्सका विषयमा धेरै कुराहरु हामीलाई थाहा नहुन सक्छ । अझ उनको बारेका केही कुराहरु त यस्ता रोचक तथा अनौठा छन् जसबारेमा धेरैलाई थाहै छैन । बिल गेट्स बारेमा ९ रोचक तथ्य यस्ता छन्-

  • बिल गेट्स रंकबाट राजा बनेका होइनन् । अर्थात् उनी सडकबाट उठेर एकाएक विश्वका सबैभन्दा धनी व्यक्ति बनेका होइनन् । उनी धनी परिवारकै सन्तान हुन् । उनका बुवा चर्चित वकिल थिए । उनका जिजुबुवाले एक बैंक खोलेका थिए जुन पछि उनका हजुरबुवाले चलाए । बिल गेट्स बच्चै छँदा उनका हजुरबुवाले बिल गेट्सको नाममा दशौँ लाख डलरको कोष स्थापना गरिदिएका थिए ।
  • बिल गेट्सको एउटा अनौठो बानी छ, जुन धेरै धनाढ्य तथा ठूलाबडाको रोजाइमा नपर्न सक्छ । बिल गेट्स आफुले खाना खाएका थाल तथा अन्य भाँडाहरु आफै माझ्न मन पराउँछन् र हरेक बेलुकी खाना खाएपछि सकेसम्म भाँडाकुँडा आफै माझ्ने गर्छन् । ‘हुनत अरु मानिसले भाडा माझ्न सहयोग गर्न चाहन्छन् तर मलाई आफै माझ्न मन पर्छ’, उनी भन्छन् ।
  • बिल गेट्सको निजि हवाइ जहाज निकै ठूलो छ र यसको उडान खर्च तथा मर्मत सम्भारमा ठूलै खर्च लाग्छ । त्यसैले बिल गेट्सले आफ्नो निजि जहाजलाई आफ्नो पश्चातापयुक्त मज्जा तथा आफ्नो पैसा उडाउने माध्यम भएको बताउँछन् ।
  • बिल गेट्स अश्लील बोल्नका लागि माहिर छन् । माइक्रोसफ्टमा काम गर्दा ताकाका उनका साथीहरु बिल गेट्सको यो बानी व्यहोरा अहिले पनि सम्भिmन्छन् । उनले बैठकका बेला मात्र होइन इमेल सम्वादमा पनि प्रसस्तै फोहोर शव्दहरु समावेश गर्दथे । तर ती अश्लील कुराहरु कुनै व्यक्तिप्रति लक्षित भने हुँदैनथे । उनी कहिलेकाहीँ निकै कठोर तथा अश्लील बन्ने गरेपनि व्यक्तिगत आक्रमणमा भने नउत्रिने गरेको उनका सहकर्मीहरुको अनुभव छ ।
  • गाडी चलाउने मामिलामा बिल गेट्स निकै बेहोसी थिए । युवा अवस्थामा उनले निकै तिव्र गतिमा बेहोसी पाराले गाडी कुदाउँथे र धेरै पटक ट्राफिक पुलिसको कारवाहीमा पनि परेका थिए र पटक पटक गाडी दुर्घटना पनि गराए । धेरै पटक ट्राफिकको कानूनी लफडामा परेपछि उनले ट्राफिक वकिल नै राख्नुपरेको थियो । उनले एकपटक कर्मचारीको पार्किङ गरेको गाडिमा आफ्नो गाडी लगेर ठोक्काए अनि कर्मचारीको बिगि्रएको गाडी मर्मत खर्चका लागि आफुलाई सम्पर्क गर्न भन्दै त्यहाँ आफ्नो बिजनेस कार्ड छाडेर गए । अरुको गाडी फोरिदिने अनि मर्मत खर्चको बिल भुक्तानीका लागि मलाई सम्पर्क गर भन्दै कार्ड दिने बिल गेट्सको बानीका कारण कुनैबेला अमेरिकाको सिएटलमा एउटा भनाइ प्रचलनमा थियो । त्यो हो, ‘बिललाई बिल पठाउ ।’
  • बिल गेट्स निकै हँसिमजाक गर्ने व्यक्ति हुन् । उनमा सेन्स अफ ह्युमर निकै धेरै छ । उनले निकै हँसाउने खालका जोक भन्ने गर्छन् । एकपटक उनले यु ट्युबमा राखेको जोकको भिडियो निकै चर्चित बनेको थियो । त्यस्तै गतवर्ष उनले जिम्मी फ्यालोनसँग मिलेर बनाएको अर्को जोक भिडियो पनि भाइरल बन्यो । उनले आफ्नो व्यक्तिगत ब्लगमा समेत त्यो भिडियोको लिंक दिने गरेका छन् ।
  • धनाढ्य बिल गेट्सले आफ्नो जिवनकालभरमा १ खर्ब डलर कल्याणकारी कामका लागि दान गर्ने प्रण गरेका छन् । बिलले आफ्नी श्रीमतीसँग मिलेर खोलेको संस्थाबाट मात्र उनले दान गरेका छै्रनन् । उनले विभिन्न कल्याणकारी परियोजनालाई व्यक्तिगत रुपमा पनि सहयोग गर्ने गरेका छन् । पिछडिएका समुदायका लागि स्वच्छ उर्जा कार्यक्रममा उनले ठूलो लगानी गरेका छन् । बिल गेट्सले वर्षेनी अबौँ डलर दान गरिरहेका छन् तर यसबाट उनको सम्पत्ति घटेको छैन, झनै बढिरहेको छ । किनकी उनको व्यवसाय झनै चम्किँदै छ ।
  • बिल गेट्सको कमाइको मुख्य श्रोत अब माइक्रोसफ्ट मात्र रहेन । उनले पछिल्लो समयमा माइक्रोसफ्टमा रहेको आफ्नो शेयर लगातार बेचिरहेका छन् र अन्य व्यवसायमा लगानी गरिरहेका छन् । गेट्सको लगानीको प्रमुख गोप्य हतियार उनका बिजनेस म्यानेजर मिचेल लार्सन हुन् ।
  • बिल गेट्स अहिले माइक्रोसफ्टका सबैभन्दा ठूलो शेयरधनी होइनन् । उनले हरेक महिना माइक्रोसफ्टको शेयर बेचिरहेका छन् । सन् २०१४ मै बिल गेट्सलाई उछिनेर स्टीभ बाल्मर आधिकारिक रुपमा माइक्रोसफ्टको सबैभन्दा ठूलो शेयरधनी बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment