Comments Add Comment

व्यापार घाटा ६ खर्ब १२ अर्ब पुग्यो

७ साउन, काठमाडौं । भर्खरै सम्पन्न आर्थिक वर्षको एघार महिनामा मुलुकको व्यापार घाटा ८.७ प्रतिशतले वृद्धि भइ ६ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा व्यापार घाटा २८.६ प्रतिशतले बढेको थियो ।

कुल व्यापार घाटामध्ये भारतसँग २.५ प्रतिशत, चीनसँग ४२.८ प्रतिशत र अन्य मुलुकसँगको १० प्रतिशतले बढेको छ । निर्यात घटेको र आयात बढेको कारण यस अवधिमा निर्यात-आयात अनुपात ११.३ प्रतिशतमा झरेको छ ।

एघार महिनाको अवधिमा नेपालबाट हुने निर्यात ४.८ प्रतिशतले घट्न गई ७७ अर्ब ८३ करोड रुपैयाँमा सिमित हुन पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा निर्यात १६.९ प्रतिशतले बढेर ८१ ऋर्ब ७३ करोड पुगेको थियो ।

यस अवधिमा आयात ७ प्रतिशतले बढेर ६ खर्ब ९० अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ प्रतिशतले वृद्धि भई ६ खर्ब ४५ अर्ब ७० करोड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment